प्रधानसेनापतिद्वारा तालिमको शुभारम्भ

१.    आज मिति २०७१ पौष ६ गते छाउनी स्थित व्यवसायिक तालिम केन्द्रमा Assistant Beautician, Fashion Designer, Junior Computer Hardware Technician र Dress Maker तालिमको प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ । 

२.    श्री सैनिक श्रीमती संघले व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (EVENT) परियोजनाको सहयोगमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका श्रीमतीहरु, देशको लागि प्राण उत्सर्ग गरेका वीरगती प्राप्त सैनिकका श्रीमती एवं कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका सैनिकका श्रीमती तथा छोरीहरुलाई समेत सहभागी गराई उक्त तालिमहरु संचालन गरिएको हो । हाल संचालन भएका तालिममा Assistant Beautician मा ३३ जना, Fashion Designer मा १३ जना, Junior Computer Hardware Technician मा १८ जना र Dress Maker तालिममा ५४ जना गरी जम्मा ११८ सहभागी भईरहेका छन् ।

३.    उक्त अवसरमा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्द, सेनानी समुह, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (EVENT) परियोजनाका निर्देशक तथा शिक्षा मन्त्रालयका सह सचिव, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, CTEVT का पूर्व निर्देशक, सैनिक श्रीमती संघका अध्यक्ष तथा पूर्व अध्यक्ष, संघका अन्य पदाधिकारीहरु, शिक्षार्थीरुको साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

४.    यस किसिमको तालिमले नेपाली सेनामा आवद्ध बहालवाला तथा अवकास प्राप्त सैनिकका श्रीमतीहरु, देशको लागि प्राण उत्सर्ग गरेका वीरगती प्राप्त सैनिकका श्रीमती एवं कर्तव्यपालनाको सिलसिलामा मृत्यु भएका सकल दर्जाका श्रीमती तथा छोरीहरु एवं एकल महिलाहरुलाई व्यवहारिक ज्ञान तथा सिप प्रदान गरी उक्त ज्ञान तथा सिपको माध्यमबाट रोजगारीको अवसर श्रृजना गरी पारिवारीक स्वावलम्वन र समृद्धि प्रदान गर्दै जीवनस्तरमा सुधार गर्न थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।