प्रधानसेनापति र बंगलादेशका गैर आवासीय सैनिक सहचारीवीच भेटवार्ता

१.    आज मिति २०७१ पौष ८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भारतको नयांदिल्ली स्थित बंगलादेशी राजदुतावासमा कार्यरत नेपालका लागि नवनियुक्त गैर आवासीय सैनिक सहचारी Brig Gen Md Abdul Hamid, ndc, psc ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२.    उक्त भेटघाटका क्रममा प्रधानसेनापति श्री राणा र बंगलादेशका गैर आवासीय सैनिक सहचारीबीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो ।