प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. द्धारा बाहिनी अभ्यास-(रक्षा कवच) (Field Training Exercise-FTX) को निरिक्षण

१.    आज मिति २०७१ पौष ११ गते प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. ले भकुण्डेबेशी स्थित नं. २६ बाहिनी अड्डाले आप्mनो अन्तर्गतको फौजहरु सहभागि गराई मिति २०७१ मंसिर ०९ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेबेशी ईलाकामा संचालन गरिरहेको बाहिनी अभ्यास-(रक्षा कवच) (FTX)  को निरिक्षण भ्रमण गर्नु भएको छ ।  

२.    मिति २०७१ पौष १४ गतेसम्म संचालन हुने उक्त अभ्यासको निरिक्षणको क्रममा प्रधान सेनापति श्री राणालाई नं. २६ बाहिनी अड्डाका बाहिनीपतिले अभ्यास -(रक्षा कवच)सम्बन्धी बिस्तृत जानकारी गराउनु भएको थियो । उक्त निरिक्षणको क्रममा प्रधान सेनापति श्री राणाले अभ्यासकोे बारेमा जानकारी हांसिल गर्नु भई तालिममा सहभागी फौजहरुद्धारा प्रस्तुत सैनिक युद्धकला प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । निरिक्षण भ्रमणमा प्रधान सेनापति श्री राणाको साथमा पि.एस.ओज. रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

३.    प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. को भिजन स्टेटमेण्टमा उल्लेख भएनुसार नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै पेशागत दक्षता अभिबृद्धि गर्ने नीति रहेको सन्दर्भमा यस प्रकारको अभ्यासले वदलिदो सुरक्षा परिवेशमा सैनिक कारवाहीको प्रभावकारीता तथा फौजहरुको पेशागत दक्षतामा अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ । 

४.    उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।