मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुखको नेपाल भ्रमण

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख (Chief of Army Staff) General Iqbal Karim Bhuiyan, psc मिति २०७१ पौष १३ गतेदेखि ऐ.१६ गतेसम्म (तदनुसार 28-31 डिसेम्बर, 2014) नेपालको चारदिने औपचारिक भ्रमणको सिलसिलामामा आज मिति २०७१ पौष १३ गते काठमाण्डौ आई पुग्नु भएको छ ।

२.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा बंगलादेशका सेना प्रमुखको नेतृत्वमा रहेको उक्त भ्रमणदल नेपाल आई पुगेको छ । बंगलादेश सेनाका सेना प्रमुखलाई कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

३.    भ्रमणको सिलसिलामा मिति २०७१ पौष १४ गते General Iqbal Karim Bhuiyan ले सैनिक मञ्च टु+डिखेलमा “बीर स्मारक”मा ज्ञात-अज्ञात वीर शहिदहरु प्रति Wreath Laying गर्नु हुने कार्यक्रम रहेको छ । तत्पश्चात वहांलाई जंगी अड्डामा आयोजित एक कार्यक्रममा नेपाली सेनाद्धारा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी प्रधानसेनापति श्री राणासंग जंगी अड्डामा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ भने सोही सांझ प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्वारा जंगी अड्डा परिसरमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ ।

४.    भ्रमणको सिलसिलामा General Iqbal Karim Bhuiyan ले मिति २०७१ पौष १४ गते सैनिक कमाण्ड तथा स्टाफ कलेज र मिति २०७१ पौष १५ गते सैनिक प्रतिष्ठान तथा उपत्यका पृतना हे.क्वा.को समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा General Iqbal Karim Bhuiyan ले सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशिल कोईरालासंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

५.    उक्त भ्रमणदल आफ्नो भ्रमण पुरा गरी मिति २०७१ पौष १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।