मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुखको नेपाल भ्रमण

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा मिति २०७१ पौष १३ गतेबाट नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख General Iqbal Karim Bhuiyan ले आज मिति २०७१ पौष १४ गते सैनिक मञ्च स्थित “वीर स्मारक” मा माल्यार्पण गरि वीर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । आजै General Iqbal Karim Bhuiyan ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संग जंगी अड्डामा भेटघाट गर्नुभयो । उक्त भेटघाट पूर्व वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो ।

२.    सम्मान गारतको कार्यक्रम पछि बंगलादेश सेनाका सेना प्रमुख General Iqbal Karim Bhuiyan ले प्रधानसेनापति श्री राणासंगको भेटवार्ताका क्रममा द्विपक्षिय आपसी हितका बिषयहरुमा छलफल भएको थियो ।

३.    आजै General Iqbal Karim Bhuiyan ल ले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नु भएको छ भने सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री संग समेत भेटघाट गर्नु भएको छ । यसैगरी आजै सांझ वहांको सम्मानमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा जंगी अड्डा परिसरमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ । साथै आजै वहांको श्रीमती Mrs. Begum Tahmina ले श्री सैनिक श्रीमती संघद्धारा संचालित व्यवसायिक तालिम केन्द्र छाउनीको भ्रमण गर्नु भएको छ ।

४.    General Iqbal Karim Bhuiyan ले भोली मिति २०७१ पौष १५ गते भक्तपुर खरिपाटी स्थित सैनिक प्रतिष्ठान तथा नारायणहिटी स्थित उपत्यका पृतना हे.क्वा.को भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।