मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुखको नेपाल भ्रमण

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा मिति २०७१ पौष १३ गतेबाट नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख General Iqbal Karim Bhuiyan ले आज मिति २०७१ पौष १५ गते भक्तपुर खरिपाटी स्थित नेपाली सैनिक प्रतिष्ठान र नारायणहिटी स्थित उपत्यका पृतना हे.क्वा.को भ्रमण गर्नु भएको छ ।

२.    उक्त अवसरमा General Iqbal Karim Bhuiyan लाई नेपाली सैनिक प्रतिष्ठानमा प्रतिष्ठानपति स.र. श्री शशि चन्द्र बहादुर सिंह र उपत्यका पृतनामा पृतनापति उ.र. श्री अनुज बहादुर बस्न्यातले स्वागत गर्नु भएको थियो । भ्रमणको क्रममा नेपाली सैनिक प्रतिष्ठान र उपत्यका पृतनाको विविध पक्षबारे छुट्टाछुट्टै ब्रिफिङ्ग समेत गरिएको थियो ।

३.    साथै न्भलभचब General Iqbal Karim Bhuiyan को भ्रमणदल नेपालको चारदिने औपचारिक भ्रमण पुरा गरी मिति २०७१ पौष १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।