मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा मिति २०७१ पौष १३ गतेदेखि चारदिने नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख General Iqbal Karim Bhuiyan तथा वहांको नेतृत्वमा रहेको भ्रमणदल आज मिति २०७१ पौष १६ गते स्वदेश फिर्ता भएको छ । वहांलाई कार्यरथी उपरथी श्री राजेन्द्र विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको छ ।

२.    General Iqbal Karim Bhuiyan ले मिति २०७१ पौष १४ गते सैनिक मञ्च स्थित “बीर स्मारक”मा माल्र्यापण गरि श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो भने सोही दिन प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग जंगी अड्डामा भेटघाट गर्नु भएको थियो । उक्त भेटघाट पूर्व वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो । यसैगरी वहांले सोही दिन सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशिल कोईरालासंग वहांकै कार्यकक्षमा भेटघाट गर्नु भएको थियो ।

३.    भ्रमणको क्रममा न्भलभचब General Iqbal Karim Bhuiyan ले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, खरिपाटी स्थित नेपाली सैनिक प्रतिष्ठान र नारायणहिटी स्थित उपत्यका पृतना हे.क्वा.को समेत भ्रमण गर्नु भएको थियो ।

४.    यस भ्रमणले दुई देश बीच रहंदै आएको सौहाद्र्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्नको साथै सैनिक तालिम लगायत आवश्यक परेको बेला दुई छिमेकी बीच विपद् व्यवस्थापन सम्बन्धी सहयोग आदान प्रदान गर्न र दुई देश बीचकै सम्बन्धलाई समेत अझ मजबुद बनाउन यस किसिमको उच्चस्तरिय भ्रमण सफल रहेको विश्वास नेपाली सेनाले लिएको छ ।