United Nations Multidimensional Integrated Stabilization Mission in Central African Republic (MINUSCA) मा नेपाली सेना तैनाथ हुने

१.    संयुक्त राष्ट्र संघबाट MINUSCA Mission, Central African Republic फोर्स मिलिटरी पुलिस युनिटको रुपमा तैनाथ गर्नका लागि ५० जनाको नफ्री भएको एक युनिट माग भई आए बमोजिम निकट भविष्यमा प्रमुख सेनानीको नेतृत्वमा नेपाली सेनाको सैनिक प्रहरी युनिट उक्त स्थानमा तैनाथ हुन जानका लागि तयारी हालतमा रहेको छ । यसरी सैनिक प्रहरी कार्यको लागि नेपाली सेनाबाट UNMIL Mission लाईवेरियामा १ टुकडी तैनाथ रहंदै आएको छ भने यो दोश्रो सैनिक प्रहरी युनिटको रुपमा त्यसतर्पm तैनाथ हुन जाने क्रममा रहेको छ । हाल नेपाली सेनाबाट ४३०५ जना शान्ति सैनिकहरु बिश्वको बिभिन्न १४ वटा मिशनहरुमा तैनाथ रहेका छन् ।

२.    यस किसिमको थप कन्टेन्जेन्टको तैनाथीले संयुक्त राष्ट्रसंघ अन्तर्गत नेपाली सेनाले अन्तराष्ट्रिय शान्ति स्थापनाको लागि पुर्याकउंदै आएको योगदानको थप कदर भएको र बिश्वसामु नेपाल र नेपालीको गरिमा बृद्धि हुंदै जाने बिश्वास नेपाली सेनाले लिएको छ ।