प्रधानसेनापति र संयुक्त राष्ट्र संघका उप महासचिव वीच शिष्टाचार भेटवार्ता

१.     आज मिति २०७१ पौष २९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग संयुक्त राष्ट्र संघको उप महासचिव Mr Jeffrey Feltman ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२.    उक्त भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखीत सिद्धान्त र संयुक्त राष्ट्रसंघको अनुरोधमा विश्व शान्तिको लागि पु¥याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु माथि छलफल भएको छ । सो अवसरमा उप महासचिव Mr Jeffrey Feltman ले द्वन्दग्रस्त मुलुकहरुको संकटको समयमा र राष्ट्र संघलाई फौज तैनाथीको अत्यावश्यक जरुरत परेको समयमा संयुक्त राष्ट्र संघको अनुरोधमा यथाशिघ्र फौज खटाई शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान उत्कृष्ट रहनुका साथै हाल संयुक्त राष्ट्रसंघको झण्डा मुनी विश्वका विभिन्न द्वन्दग्रस्त मुलुकमा सदस्य राष्ट्रहरुबाट फौज खटाई योगदान दिने राष्ट्रहरुमा नेपाल पनि अग्र पङ्तिमा रहेको प्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

३.    उक्त अवसरमा प्रधानसेनापति श्री राणाले संयुक्त राष्ट्रसंघका तर्फबाट नेपाली सेनालाई विश्वास गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा स्थायीत्वको लागि संयुक्त राष्ट्रसंघको छातामुनि रही निरन्तर समग्र मानव जातीको हितको लागि कार्य गर्ने मौका उपलव्ध गराएकोमा नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

४.    यस किसिमको उच्चस्तरिय भेटघाटले नेपाललको छवीलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न र नेपाली सेना र संयुक्त राष्ट्रसंघ वीच रहँदै आएको द्धिपक्षिय आपसी हितका विषयलाई विस्तार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । हाल नेपाली सेनाबाट ४३०७ जना शान्ति सैनिकहरु बिश्वको बिभिन्न १४ वटा मिशनहरुमा तैनाथ रहेका छन् ।