सैनिक आवासीय महाविद्यालय भक्तपुरको स्कुल बस दुर्घटना

१.     आज मिति २०७१ माघ १ गते सैनिक आवासीय महाविद्यालय भक्तपुरको स्कुल बस पोखराबाट काठमाण्डौ फर्कने क्रममा तनहुँ स्थित पृथ्वी राजमार्गको
मालेबगर–धारापानी खैरेनीटार सडक खण्डमा दुर्घटना भएको छ ।

२.    मिति २०७१ पौष २७ गते शैक्षिक भ्रमणको सिलसिलामा सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु लिई पोखरा गएको बा १ ग २२४६ नम्बरको स्कुल बस आज विहान करिव ०८०५ बजे पोखराबाट काठमाण्डौ फर्कने क्रममा मालेबगर–धारापानी खैरेनीटार सडक खण्डबाट करिव २० मिटर तल खसेर दुर्घटना भएको हो ।

३.    उक्त स्कुल बसमा २३ जना विद्यार्थी, २ जना शिक्षक, १ जना ड्राईभर र २ जना सैनिक व्यक्ति गरी कुल २८ जना सवार रहेका थिए । गाडीमा सवार ३ जना घाईतेहरुलाई पोखरा स्थित मणिपाल अस्पताल र अन्य २५ जना घाईतेहरुलाई पोखरा स्थित गण्डकी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि सबै घाईतेहरुलाई आजै नेपाली सेनाको MI-17 हेलिकप्टरबाट छाउनी स्थित वीरेन्द्र अस्पतालमा ल्याईएको छ । घाईतेहरु मध्ये ११ जनालाई सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको तथा अन्य घाईतेहरु १७ जनालाई उक्त अस्पतालमा भर्ना गरी Observation मा राखिएको छ । साथै, उक्त अस्पतालमा उपचारार्थ सम्पुर्ण घाईतेहरुको अवस्था खतरामुक्त रहेको छ ।