उपरथी श्री पूर्णचन्द्र थापा United Nations Disengagement Observer Force (UNDOF) को फोर्स कमाण्डरमा नियुक्त

१.    संयुक्त राष्ट्र संघीय शान्ति मिशन UNDOF को फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी श्री पूर्ण चन्द्र थापा नियुक्त हुनु भएको छ । यससंगै वहांले मिशन प्रमुखको समेत जिम्मेवारी पाउनु भएको छ ।

२.    नेपालका तर्फबाट संयुक्त राष्ट्र संघ स्थायी नियोगको सैनिक सहचारी महा सेनानी श्री योगराज शर्माबाट प्राप्त जानकारी अनुसार मिति २०७१ माघ ५ गते (तद्अनुसार January 19, 2015) फोर्स कमाण्डरमा नियुक्त हुनु भएका उपरथी श्री थापा निकट भविष्यमा नै आफ्नो जिम्मेवारी सम्हाल्न मिशन ईलाका तर्फ प्रस्थान गर्नु हुनेछ । यस अघि विभिन्न मितिहरुमा नेपाली सेनाका चार जना उच्च पदस्थ सैनिक अधिकृतहरुले संयुक्त राष्ट्र संघ अन्तर्गत रही विभिन्न शान्ति मिशनहरुमा फोर्स कमाण्डरको रुपमा जिम्मेवारी पुरा गरी सक्नु भएको छ । हाल Deputy Force Commander को रुपमा कार्यरत सहायक रथी श्री रमेश कुमार पुन उक्त मिशन अपग्रेट गरिए पश्चात Deputy Force Commander को रुपमा उपरथी दर्जामा कार्यरत रहंदै आउनु भएको छ । 

३.    यस किसिमको जिम्मेवारीले नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि पु¥याउंदै आएको योगदानको उच्च मुल्याङ्कन भएको तथा नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उच्च पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।