मैलुङ्ग–स्याफ्रुबेशी सडकखण्ड निर्माण कार्यको शुभारम्भ

१.    नेपाल सरकारबाट नेपाली सेनालाई निर्माण गर्न जिम्मेवारी दिएको मैलुङ्ग–स्याफ्रुबेशी–रसुवागढी सडकको मैलुङ्ग–स्याफ्रुबेशी खण्ड निर्माण कार्यको शुभारम्भ आज मिति २०७१ माघ ९ गते माननीय अर्थमन्त्री डा. श्री रामशरण महतज्युबाट सम्पन्न भएको छ ।

२.    ३२ कि.मि लामो बेत्रावती–मैलुङ्ग–स्याफ्रुवेशी सडकमा पर्ने मैलुङ्ग–स्याफ्रुवेशी सडक खण्डको ७ कि.मि. सडक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको हो । उक्त सडक खण्ड संचालनमा आएपछि हाल संचालनमा रहेको बेत्रावती–धुन्चे–स्याफ्रुबेशी सडक खण्ड भन्दा झण्डै २२ कि.मि. दुरी कम हुनेछ ।

३.    उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, रसुवा जिल्लाका सभासद्हरु, प्रधानसेनापति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सह–सचिव लगायत रथीबृन्द एवम् स्थानिय लब्धप्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।