प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग दक्षिण कोरियाको भ्रमण समाप्त गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग Republic of Korean Armed Forces, Joint Chiefs of Staff तथा संयुक्त राज्य अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड (US PACOM) को संयुक्त तत्वावधानमा मिति २०६७ कार्तिक ०१ गतेदेखि ऐ.०५ गतेसम्म दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना भएको 13th Annual Asia-Pacific Chiefs of Defense (CHOD) Conference मा भाग लिई हिजो मिति २०६७ कार्तिक ०६ गते राति स्वदेश फिर्ता हुनुभएको छ । २. उहाँलाई कायम मुकायम प्रधानसेनापति रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति समक्ष सम्मान गारत अर्पण गरेको थियो । ३. स्वागत समारोहमा नेपाली सेनाका रथीबृन्द तथा नेपालस्थित विदेशी सेनाका सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो