गलत समाचार संप्रेषणप्रति नेपाली सेनाको ध्यानाकर्षण

१.    नागरिक दैनिक पत्रिकाको वर्ष ६, अङ्क २६७, मिति २०७१ माघ ९ गतेको “अफ्रिकी विद्रोहीसँग नेपाली सेनाको हतियार” शीर्षकको समाचार प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२.    नेपालको राष्ट्रिय हित र प्रतिष्ठाको संरक्षण, सम्वद्र्धन र सुरक्षा गर्नुपर्ने अहम् जिम्मेवारी केवल सरकार र सरकारी निकायमा मात्र सिमित नभई आम नागरिकहरुको जिम्मेवारी भित्र पनि पर्दछ । राष्ट्रिय हितको सुरक्षा गर्नुपर्ने संवेदनशील र जिम्मेवारपूर्ण बाटोबाट कोही कतै भड्किएका छन् भने पनि त्यसलाई सही मार्गमा ल्याउने जिम्मेवारी सञ्चारजगत र सञ्चारकर्मीले खेल्छन् भन्ने विश्वास हरेक राष्ट्रका जनता र सरकारले लिएका हुन्छन् । नेपाल र नेपाली सेनाले विगत ६ दशक देखि विश्व शान्तिका लागि शान्ति सैनिक खटाई पु¥याएको योगदान र अन्तर्राष्ट्रिय जगतबाट आर्जन गरेको प्रशंसा र प्रतिष्ठालाई अबमुल्यन गर्न र नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा कमजोर बनाउंदै नेपालको आन्तरिक मामिलामा हावी हुन खोज्ने व्यक्ति र संस्थाहरुबाट प्रायोजित र पूर्व नियोजित लक्षित उद्देश्य प्राप्त गर्न गराईएको हुन सक्ने उक्त अध्ययन नेपालको तरल राजनैतिक अवस्थाको अवसर पारी प्रकाशित गरिएको देखिन्छ । त्यस्ता प्रतिवेदन जो बास्तविकता र सत्यतामा आधारित छैनन् । नियोजित तवरमा सार्वजनिक गरिएका त्यस्ता प्रतिवेदनको हवाला दिंदै राष्ट्रिय हित र प्रतिष्ठालाई अबमुल्यन गर्न केही सञ्चारकर्मीले आप्mनो मुल्य र मान्यता विपरित समग्र सञ्चारजगतको निष्पक्षता र विश्वसनियतालाई समेत धुमिल पार्ने गरि यदाकदा प्रयास गर्ने गरेको देखिन्छ । आफ्नो व्यक्तिगत लाभ आर्जन गर्न सक्रिय त्यस्ता व्यक्ति र तत्व प्रति समग्र नागरिक र सञ्चारजगत समयमै सचेत रहन नेपाली सेना आग्रह गर्दछ । 

३.    नेपाली सेना एक जिम्मेवार र पेशेवर सैनिक संगठन हो । यसका हरेक गतिविधिहरु दैनिक रुपमा अभिलेखिकरण गरिन्छन् र आवधिक रुपमा सबै गतिविधिहरुको सुपरिवेक्षण गर्ने प्रणालीगत अभ्यास भई रहन्छ । नेपाली सेनाले विदेशबाट आयात गरिएका वा स्वदेशमै उत्पादित कुनै पनि हात हतियारहरु शान्ति मिशनमा लगेको परिमाणबारे संयुक्त राष्ट्रसंघलाई पूर्ण रुपमा जानकारी हुने र सोको आवधिक निरीक्षण समेत संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायबाट भईरहने साथै त्यस सम्बन्धि प्रतिवेदन संयुक्त राष्ट्रसंघलाई सम्बन्धित मिशनले समय समयमा बुझाउने भएबाट नेपाली सेनाले द्धन्द्धग्रस्त मुलुकमा लगेको कुनै पनि हात हतियारहरु विदेशी विद्रोही समुहसम्म कुनै पनि हातलमा पुग्न नसक्ने यथार्थको साथै सैनिक प्रवक्ताद्धारा यसबारे नेपाली सेनाको आधिकारीक धारणा प्रष्ट पारिसकेको अवस्थामा पनि सोको वेवास्था गर्दै विदेशी संस्थाद्धारा बाहिर आएको प्रतिवेदनलाई प्रायोजित रुपमा समाचार प्रकाशन गर्न नागरिक दैनिकलाई प्रयोग गरेको देखिन्छ । तसर्थ, यस्ता प्रायोजनबाट प्रभावित नहुन नागरिक दैनिकजस्तो स्थापित समाचारपत्र समयमै सजग रहनु पर्ने समेत देखिन्छ ।

४.    उपरोक्त समाचार संप्रेषणका सम्बन्धमा नागरिक दैनिकका रिपोर्टरलाई नेपाली सेनाका सैनिक प्रवक्ताले अन्य राष्ट्रबाट आयात गरिएका र नेपालमै उत्पादित सबै हात हतियारहरु सुरक्षित तवरमा नेपाली सेनाकै जिम्मेवारीमा रहेकोबारे आधिकारीक रुपमा जानकारी गराउंदा गराउंदै पनि नेपाल, नेपाली सेना र समग्र नेपाली जनताको ईज्जत र प्रतिष्ठामा आँच आउने गरी सनसनी फैलाउने खालको “समाचारको शिर्षक” राखी यथार्थलाई तोडमोड गर्दै कुत्सित लक्ष्य प्राप्तिको लागि समाचार संप्रेषण गरेको नेपाली सेनाको ठम्याई रहेको छ । तसर्थ, यस समाचारप्रति खेद प्रकट गर्दै उक्त समाचारमा प्रकाशित तथ्यहिन प्रतिवेदनको समेत नेपाली सेना भत्र्सना गर्दछ ।