प्रधानसेनापति र भारतीय सेनाका Maj Gen PJS Pannu, VSM बीच भेटवार्ता

१.    आज मिति २०७१ माघ १४ गते प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग मित्रराष्ट्र भारतीय सेनाका Maj Gen PJS Pannu, VSM  ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२.     उक्त भेटवार्ताका क्रममा मित्रराष्ट्र भारत र नेपालबीच रहंदै आएको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

३.    मिति २०७१ माघ १३ गतेबाट नेपाल भ्रमणको लागि Maj Gen PJS Pannu को नेतृत्वमा रहेका ७ (सात) सदस्यीय Needs Assessment Team नेपाल भ्रमण पुरा गरी मिति २०७१ माघ १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।