लेवनानमा शान्ति सेनामा तैनाथ नेपाली सेना सुरक्षित

विगत केहि दिनदेखि इजरायल र लेवनानको हजबुल्लाह समुहबीच भईरहेको दोहोरो फायरिङ्गको क्रममा मिति २०७१ माघ १४ गते बुधवार भएको घटनामा शान्ति स्थापना कार्यको लागि लेवनानमा खट्टिएका स्पेनका एक जना शान्ति सैनिकको मुत्यु भएको समाचार प्राप्त भएको छ भने सो क्षेत्रमा तैनाथ नेपाली सेनाको शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेना सबैमा जानकारी गराउन चाहन्छ ।