"एनविए नेपाल कप भेट्रान फुटवल प्रतियोगिता - २०७१" समापन

१.    पूर्व राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्पोर्ट्स फर अल क्लव नेपालको आयोजना र नेपाल बैंकर्स एसोसिएसनको मुख्य प्रयोजनमा मिति २०७१ पौष २५ गतेबाट काठमाण्डौस्थित दशरथ रंगशालामा संचालन भएको "एनविए नेपाल कप भेट्रान फुटवल प्रतियोगिता - २०७१" को आज मिति २०७१ माघ १७ गते प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा एक बिशेष समारोहका बीच समापन भएको छ ।

२.    आज अपरान्ह दिउंसो त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबबीच भएको फाइनल खेलमा निर्धारित ६० मिनेटमा दुवै टिमले दुई दुई गोल गरे पश्चात ट्राईबेकरमा ३–२ गोलको अन्तरले त्रिभुवन आर्मी क्लव एनविए नेपाल कप भेट्रान फुटवल प्रतियोगितामा च्यापियन ट्रफी जित्न सफल भएको छ ।

३.    प्रधान सेनापति श्री राणाले विजयी टिम त्रिभुवन आर्मी क्लबलाई ट्रफी र ५० हजार नगद पुरस्कार साथै उपविजेता टिम मनाङ मस्र्याङदी क्लबलाई २५ हजार नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । तत्पश्चात नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले प्रथम भए वापत प्राप्त रु ५०,०००।– मा नेपाली सेनाको तर्फ बाट सोहि वरावरको राशि थप गरि जम्मा रु १,००,०००।– स्पोर्टस फर अल क्लब नेपाललाई आप्mनो उद्देश्य प्राप्तिको लागि प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सो क्लवका अध्यक्ष श्री लोक बहादुर शाहीलाई सोहि समारोहमा हस्तान्तरण गर्नु भएको थियो । साथै प्रतियोगिता उद्घाटन समारोहको दिन नेपाली सेनाको तर्फबाट सैनिक विनय महानिर्देशक उपरथी श्री राजेन्द्र क्षत्रीले समेत उक्त उद्देश्यमा सहयोग पुगोस् भनि नगद रु ५०,०००।– प्रदान गर्नु भएको थियो ।

४.    आजको उक्त समारोहमा प्रधान सेनापति लगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत ठूलो संख्यामा सकल दर्जाको साथै अन्य सरकारी निकायमा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारी तथा संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।

५.     यस किसिमको विशेष खेल प्रतियोगितामा सहभागि भई नेपाली खेलकुदको हरेक क्षेत्रमा योगदान पुर्याषउन नेपाली सेना सधैं कार्यरत रहेको र आगामी दिनहरुमा पनि खेलकुदको सबै विधाहरुमा विशेष योगदान पु¥याउने विश्वास दिलाउन चाहन्छ ।