प्रधानसेनापति र Republic of Poland का गैर आवासीय सैनिक सहचारीबीच भेटवार्ता

१.    आज मिति २०७१ माघ २० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग भारतको नयाँदिल्ली स्थित Embassy of the Republic of Poland मा कार्यरत नेपालका लागि नवनियुक्त गैर आवासीय सैनिक सहचारी Colonel Slawomir Koltun ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२.    उक्त भेटघाटका क्रममा प्रधानसेनापति श्री राणा र Republic of Poland का गैर आवासीय सैनिक सहचारीबीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो ।