प्रधानसेनापतिद्धारा मार्कसम्यानसिप बेशिक तालिमको निरीक्षण

१.    आज मिति २०७१ माघ २३ गते प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले श्री महावीर गण (रेञ्जर) को तालिम शिविर नगरकोटमा संचालन भईरहेको मार्कसम्यानसिप बेशिक तालिमको निरीक्षण गर्नु भएको छ ।

२.    उक्त निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणालाई श्री महावीर गण (रेञ्जर) का गणपतिले अभ्यासको बारेमा ब्रिफिङ्ग गर्नु भएको थियो भने प्रधानसेनापति श्री राणाले तालिममा सहभागी फौजहरुद्धारा प्रस्तुत गरिएको डेमोन्स्ट्रेसन समेत अवलोकन गर्नु भएको थियो । निरिक्षण भ्रमणमा प्रधानसेनापति श्री राणाको साथमा पि.एस.ओज. रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

३.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. को भिजन स्टेटमेण्टमा उल्लेख भएनुसार नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै पेशागत दक्षता अभिबृद्धि गर्ने नीति रहेको सन्दर्भमा यस प्रकारको अभ्यासले वदलिदो सुरक्षा परिवेशमा सैनिक कारवाहीको प्रभावकारीता तथा फौजहरुको पेशागत दक्षतामा अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ । 

४.    उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।