उपरथी श्री पूर्णचन्द्र थापा United Nations Disengagement Observer Force (UNDOF) को फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न न्युयोर्कतर्फ प्रस्थान

१.    संयुक्त राष्ट्र संघीय शान्ति मिशन UNDOF को फोर्स कमाण्डरमा नियुक्त हुनु भएका उपरथी श्री पूर्णचन्द्र थापा आज मिति २०७१/१०/२५ गते आफ्नो जिम्मेवारी सम्हाल्न न्युयोर्क तर्फ प्रस्थान गर्नु भएको छ । वहांलाई न्ययोर्क प्रस्थान गर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री नं.१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री पूर्ण बहादुर सिलवालले विदाई गर्नु भएको थियो । उपरथी थापा संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित UN HQ मा केहि दिन रही मिशन ईलाका तर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

२.    यस अघि विभिन्न मितिहरुमा नेपाली सेनाका चार जना रथीबृन्दहरुले संयुक्त राष्ट्रसंघ अन्तर्गत रही विभिन्न शान्ति मिशनहरुमा फोर्स कमाण्डर र एक जना रथीबृन्दले Deputy Military Advisor को रुपमा UN HQ मा संयुक्त राष्ट्रसंघको उच्च तहको जिम्मेवारी पुरा गरी सक्नु भएको  छ ।

३.    यस किसिमको जिम्मेवारीले नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि पु¥याउंदै आएको योगदानको उच्च मुल्याङ्कन भएको तथा नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उच्च पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।