प्रधानसेनापतिसंग भेटवार्ता

१.    आज मिति २०७१ माघ २९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग Former Special Representative of the Secretary General on Children and Armed Conflict and Former Special Rapporter on Violence against Women तथा Head Author for the Global Study on Implementation of UN Resolution No.1325 Dr. Radhika Coomaraswamy ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 
२.    उक्त अवसरमा प्रधानसेनापति श्री राणा र Dr. Radhika Coomaraswamy बीच नेपाली सेनामा कार्यरत महिला सैनिकहरुको संख्या र अवस्था, नेपाली सेनामा विद्यमान महिला मैत्री वातावरण, शान्ति सेनामा महिला सैनिकहरुको सहभागिता तथा उक्त सहभागिता बढाउन नेपाली सेनाले अपनाएका नीति नियमहरुका साथै संयुक्त राष्ट्रसंघको प्रस्तावना नं.१३२५ को कार्यान्वयन सम्बन्धमा नेपाली सेनामा भईरहेका कार्यक्रमहरुको विषयमा समेत छलफल भएको थियो ।