प्रधानसेनापतिसंग केन्याली सेनाका Col Albert Kiprop Kandagor बीच भेटवार्ता

१.    आज मिति २०७१ फाल्गुन १ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग Kenya Ministry of Defence (KMOD) तथा Kenya Military Academy (KMA)को प्रतिनिधित्व गरी नेपाल भ्रमणमा रहनु भएका केन्याली सेनाका Col Albert Kiprop Kandagor ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२.    उक्त अवसरमा प्रधानसेनापति श्री राणा र Col Albert Kiprop Kandagor बीच द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो ।