पृतनापति समन्वयात्मक बैठक सम्पन्न

१.    आज मिति २०७१ फाल्गुन ४ गते जंगी अड्डामा पि.एस.ओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित “पृतनापति समन्वयात्मक बैठक–२०७१” सम्पन्न भएको छ ।

२.    उक्त बैठकलाई समापन गर्नुहुंदै प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले नेपाली सेनाको विद्यमान सांगठनिक संरचनालाई अझ लचिलो (Flexible), अनुकुल (Adaptive) र प्रभावकारी (Effective) बनाउने उद्देश्य अनुरुप तयार गरिएको Redesign योजना नेपाल सरकारबाट स्वीकृत भई सकेको तथा उक्त योजनालाई चरणबद्घ रुपमा लागु गर्ने कार्य प्रारम्भ भईसकेको बताउनु हुंदै यस योजनाले भविष्यमा नेपाली सेनाको दीर्घकालिन पुर्नसंरचना (Restructuring) गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

३.    विगतमा नेपाली सेनाले प्राकृतिक विपद्मा उद्धार कार्यमा पु¥याउंदै आएको योगदानको स्मरण गर्नुहुंदै आगामी दिनहरुमा आईपर्न सक्ने संभावित विपद् व्यवस्थापन कार्य प्रभावकारी बनाउन प्राप्त उद्धार सामाग्रीहरुको Pre-positioning लगायत योजना र तालिममा समेत जोड दिई सबै तहमा फौजहरु तयारी राख्न आवश्यक निर्देशन दिनु भएको थियो । यसैगरी, प्रधानसेनापति श्री राणाले महिला अधिकृत र अन्य दर्जाहरुको व्यवस्थापन सम्बन्धमा “महिला सैनिक निर्देशिका र लैङ्गिक आचरण” कार्यान्वयनमा आई सकेको बताउनु हुंदै महिला सैनिकहरुको कार्य सम्पादन र व्यवस्थापन प्रभावकारी ढंगबाट गर्नको लागि महिला सैनिकहरुको तालिम, सरुवा नियुक्ति, आवश्यक भौतिक पूर्वाधारको विकास, माथिल्लो दर्जामा पहुंच (Upper Ceiling), अवकाश उपदान, छोटो सेवाको अवधारणा (Short Service Concept) जस्ता पक्षहरुको व्यवहारिक कार्यान्वयनमा जोड दिनु भएको थियो । साथै २ वर्षे तालिम नीतिको कार्यान्वयन गर्न सव–युनिट तहमा आधारभूति सैनिक कला र बाहिरी अभ्यासहरुको व्यवहारिक पक्षलाई जोड दिई तालिमको स्तर अभिबृद्धि गर्ने तर्फ लाग्न सवैलाई निर्देशन समेत दिनु भएको थियो । 

४.    “पृतनापति समन्वयात्मक बैठक–२०७१” को शुरुमा बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने बैठकमा नेपाली सेनामा विद्यमान सुरक्षा चुनौति लगायत नेपाली सेनामा महिला सैनिकहरुको सहभागिता, महिला अधिकृत तथा अन्य दर्जाको व्यवस्थापनमा भए गरेका कार्यहरु तथा महिला सैनिकहरुको व्यवस्थापनमा देखिएको चुनौति र सुझावहरुका साथै दुई वर्षे तालिम नीतिको कार्यान्वयनमा केन्द्रित रहेको थियो ।
५.    प्रत्येक वर्ष नियमित कार्यक्रम अनुसार सञ्चालन हुंदै आएको पृतनापति समन्वयात्मक बैठक यस वर्ष “सेना दिवस २०७१” को अवसरमा सञ्चालन गरिएको हो । उक्त सम्मेलनमा पृतनापति लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

६.    यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।