सेना दिवसको उपलक्ष्यमा सैनिक “वीर स्मारक” छाउनीमा माल्यार्पण तथा हार्दिक श्रद्धाञ्जली

१.    महाशिवरात्री तथा सेना दिवस २०७१ को शुभ उपलक्ष्यमा छाउनी स्थित “वीर स्मारक” मा आज मिति २०७१ फाल्गुन ५ गते विहान प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाहरु प्रति पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अपर्ण गर्नुभयो ।

२.    सो अवसरमा सैनिक टुकडीले वीर वीरङ्गाना प्रति सम्मानगारत अपर्ण गरेको थियो । उक्त अवसरमा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्द, पूर्व रथीबृन्दहरु, सेनानी समुह, अवकाश प्राप्त अधिकृतहरु र पदिक तथा अन्यदर्जाहरुको साथै वीरगति प्राप्त गर्ने सैनिकहरुका स्वजनहरुको समेत उपस्थिती रहेको थियो ।