प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संयुक्त अरब इमिरेट्सको भ्रमण पुरा गरी स्वदेश फिर्ता

१. संयुक्त अरब इमिरेट्सको UAE Armed Forces sf Chief of Staff Lt. Gen. Hamad Mohammed Thani Al Rumaithi को निमन्त्रणामा संयुक्त अरव इमिरेट्को भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सहित ४ सदस्यीय भ्रमणदल हिजो मिति २०७१ फाल्गुन १५ गते साँझ स्वदेश फिर्ता भएको छ । 

२. प्रधानसेनापति श्री राणा नेतृत्वको उक्त भ्रमणदल अबुधाबीको Abu Dhabi National Exhibition Center (ADNEC) मा मिति २०७१ फाल्गुन १० गतेदेखि ऐ. १४ गते (तदनुसार २२–२६ फेबु्रअरी २०१५) सम्म आयोजना भएको "12th International Defense Exhibition, IDEX 2015" मा सहभागी हुन मिति २०७१ फाल्गुन ९ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।
३. प्रधानसेनापति श्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले स्वागत गर्नु भएको थियो ।