प्रधानसेनापतिबाट उपरथी राजेन्द्र क्षत्रीलाई रथी दज्र्यानी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी श्री राजेन्द्र क्षत्रीलाई आज मिति २०७१ फाल्गुन १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच रथीको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । गत महिना रथी श्री पवन वहादुर पाण्डेले अवकाश प्राप्त गरेपछि रिक्त रथीमा उपरथी श्री क्षत्रीलाई मिति २०७१ फाल्गुन १२ गतेको मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

२. मन्त्रीपरिषद्को सोही बैठकले रथी श्री क्षत्रीलाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुक्ति गरेको छ । यसअघि बलाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका रथी श्री प्रदिप विक्रम राणालाई बलाधिकृतको जिम्मेवारी दिईएको छ । 

३. त्यसैगरी सोही अवसरमा प्रधानसेनापति श्री राणाले प्राविधिक सहायक रथीबाट प्राविधिक उपरथीमा बढुवा हुनु भएका प्राविधिक सहायक रथी श्री योगेन्द्र बहादुर खांणलाई प्राविधिक उपरथी र प्राविधिक महा सेनानीबाट प्राविधिक सहायक रथीमा बढुवा हुनु भएका प्राविधिक महा सेनानी श्री कमाल सिंह प्रधानलाई प्राविधिक सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नु भएको छ ।