राष्ट्रिय सेवा दलको ५० औं बार्षिकोत्सव तथा ४१ औं ब्याचको दीक्षान्त समारोह सम्पन्न

१.    आज मिति २०७१ फाल्गुन १९ गते राष्ट्रिय सेवा दलको ५० औं बार्षिकोत्सव तथा उपत्यका भित्रको १० औं व्याच ल्ऋऋ सिनियर डिभिजन र ४१ औं व्याच जुनियर डिभिजनको दीक्षान्त समारोह प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यतामा जंगी अड्डा परिसरमा भव्यताको साथ सम्पन्न भएको छ ।

२.    उक्त कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुर शाखाहरुका छात्र/छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, नृत्य र तेक्वान्दो पि.टी. उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति श्री राणाले तालिममा उत्कृष्ट हुने क्याडेट छात्र/छात्राहरुलाई पुरस्कार वितरण गर्नुका साथै सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । साथै विद्यालयबाट छात्र/छात्राहरुलाई सहभागी गराई तालिम संचालन गर्न सहयोग पुर्‍याउनु हुने प्रधानाध्यापकहरुलाई प्रशंसा–पत्र समेत प्रदान गर्नु भएको थियो ।

३.    उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले राष्ट्र विकासमा युवा शक्तिको महत्वपुर्ण भूमिका रहने वास्ताविकता माथि जोड दिंदै तालिमको समयमा हासिल गरेको अनुशासन, सहयोगी भावना, समुहमा बसेर लक्ष्य प्राप्तिका लागि गर्ने ज्ञान र अभ्यासले व्यक्तिगत चरित्र निर्माण एवं सफल जीवनयापनमा ठुलो सहयोग मिल्ने कुरामा प्रकाश पार्नु भएको थियो । यसैगरी, प्रधानसेनापति श्री राणाले क्याडेट छात्र/छात्राहरुलाई भविष्यमा जुनसुकै क्षेत्रमा कर्म गरेपनि राष्ट्रप्रति बफादार रही आफ्नो कर्तव्य पथमा अग्रसर भईरहनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

४.    यसै क्रममा प्रधानसेनापति श्री राणाले वि.सं.२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले नेपाल अधिराज्यभर रहेका युवा छात्र/छात्राहरुलाई सम्मिलित गराई विभिन्न तालिमहरुको माध्यमबाट युवाहरुको चौतर्फी विकासको लागि उल्लेखनीय भूमिका खेलेको कुरा ब्यक्त गर्नु भएको थियो । सोही क्रममा प्रधानसेनापति श्री राणाले यस किसिमको तालिम तथा कार्यक्रमहरुले राष्ट्रियता तथा राष्ट्रिय एकताको भावनालाई अभिबृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुंदै तालिम सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याउनु हुने राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार लगायत सम्पुर्ण शिक्षक वर्गहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

५.    उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी श्री रमीन्द्र क्षत्रीले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय सेवा दलले यस बर्षभरिमा देशका विभिन्न स्थानहरुमा समेत गरि १० औं व्याच ल्ऋऋ सिनियर डिभिजन को १०० जना र ४१ औं व्याच जुनियर डिभिजनको ५०० जना गरि जम्मा ६०० जना छात्र/छात्राहरुलाई दीक्षित गरिसकेको छ ।

६.    उक्त कार्यक्रममा निमित्त रक्षा सचिव, रथीबृन्द, राष्ट्रिय सेवादलका पूर्व प्रमुख सल्लाहकारहरु एवं अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक वर्गहरुको समेत उपस्थिती रहेको थियो ।