सहयोग सामाग्री हस्तान्तरण समारोह सम्पन्न

१.    मित्रराष्ट्र अमेरिकाको सहयोगमा पांचखाल स्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको लागि सहयोग स्वरुप प्राप्त Light and Heavy Utility Vechicle हरुको हस्तान्तरण समारोह आज मिति २०७१ फाल्गुन २२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

२.    पांचखालमा आयोजित एक विशेष समारोहका बीच महामहिम अमेरिकी राजदुत Peter W. Bodde ले श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई JCB Excavator-2, Dressta Dozar- 2, JCB Fork lift-2, JCB loader-1, Ambulance/Van-2, Truck-1, Tata Xenon Pickup-2, Dressta Motar Grader-1, JCB (Roller VM 115)-1, Toyota Hilux-2 Water Tanker Truck-1, Fire Truck-1 हरु हस्तान्तरण  गर्नु भएको छ ।

३.    उक्त अवसरमा अमेरिकी राजदुत Bodde ले संयुक्त राष्ट्रसंघको अनुरोध अनुसार विश्व शान्तिका लागि विशेषतः द्वन्दग्रस्त क्षेत्रमा  शान्ति स्थापनार्थ खट्टिने छैठों ठुलो फौज खटाउने देशको रुपमा नेपाल रहेको भन्दै शान्ति स्थापनाको क्रममा घाईते तथा बीरगति प्राप्त नेपाली शान्ति सैनिकहरुको सम्झना गर्दै नेपालीहरुको योगदानको हृदयदेखि उच्च सम्मान तथा कदर गर्नु भएको थियो । सोही क्रममा US Pacific Command, Global Peace Operations Initiative (GPOI) द्धारा प्रदान गरिएको यस किसिमको प्रयत्न तथा सहयोगबाट वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मिशनमा सहभागि हुनुपूर्व सन्चालन हुने Predeployment Training को प्रभावकारितामा अभिबृद्धि भई उक्त तालिम केन्द्र एक उदाहरणीय तालिम संस्थाको रुपमा स्थापित हुनसक्ने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।

४.    उक्त हस्तान्तरण समारोह पश्चात प्रधान सेनापति श्री राणा तथा अमेरिकी राजदुत Bodde ले अमेरिकी सहयोगमा निर्माणाधिन Central Training Complex (CTC) को समेत निरिक्षण गर्नु भएको थियो ।

५.    उक्त बिशेष कार्यक्रममा निमित्त रक्षा सचिव, नेपाली सेनाका रथीबृन्दहरु, अमेरिकी राजदुतावासका सैनिक सहचारी, Office of Defence Cooperation (ODC)  का प्रतिनिधि तथा नेपाली सेनाका अधिकृत लगायत अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

६.    यस सहयोगले शान्ति स्थापना कार्यको लागि नेपाली सेनाको अपरेशनल क्षमता अभिबृद्धि हुनुको साथै मानवीय र प्रकोप राहत सहयोग कार्यमा समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।