EX-SURYA KIRAN-VIII सम्पन्न

१.    एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपेन्देहीमा मिति २०७१ फाल्गुन ११ गतेबाट संचालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास "EX SURYA KIRAN-VIII" को आज मिति २०७१ फाल्गुन २३ गते बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले समापन गर्नु भएको छ ।

२.    उक्त अभ्यासको समापन गर्नुहुँदै बलाधिकृत रथी श्री राणाले तालिमको दौरान फौजहरुद्वारा प्रस्तुत उच्च स्तरिय मनोबल, उत्साह, दृढता तथा स्वच्छ सहभागिताबाट खुशी भएको विचार व्यक्त गर्नुभयो । यस किसिमको संयुक्त अभ्यासहरुले भविष्यमा कुनै पनि क्षेत्रिय वा अन्तर्राष्ट्रिय जगतमा दुवै देशका सैनिकले एकसाथ काम गर्न सक्ने वातावरण श्रृजना गर्न मद्धत पुग्ने र विभिन्न भौगोलिक परिस्थितीमा प्रतिविद्रोह सम्बन्धि कारवाहीहरु र विपद् व्यवस्थापन लगायतका विषयहरु दुई सेना वीच संयुक्त कार्य गर्न सक्ने क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण रहने विचार व्यक्त गर्नु भएको थियो ।

३.    उक्त सम्बोधनका क्रममा बलाधिकृत रथी श्री राणाले सैनिक सहयोग र सहकार्य विस्तार गर्न भारतीय सरकार तथा भारतीय सेनाले देखाएको उत्हासप्रति नेपाल सरकार तथा नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्नुभयो । यसैगरी, तालिम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यबाद दिनु हुंदै बलाधिकृत रथी श्री राणाले अभ्यासमा सहभागी नेपाली तथा भारतीय सैनिकहरुलाई अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सफल हुनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

४.    प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक एवं व्यवहारिक विषयहरु समाबेश गरी संचालन भएको यस अभ्यासमा नेपाली सेनाबाट १९४ जना र भारतीय सेनाबाट २७० जना गरी जम्मा ४६४ जना समाबेश भई संचालन भएको थियो । यस किसिमको अभ्यास विगतमा मित्रराष्ट्र भारतमा पहिलो, तेश्रो, पांचौ र सातौं संस्करण तथा नेपालमा दोश्रो, चौंथो र छेठौं संस्करण संचालन भइसकेको छ । हाल सम्पन्न भएको यस अभ्यास नेपालमा चौथो पटक संचालन भएको हो ।

५.    उक्त समापन कार्यक्रममा निमित्त रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, भारतीय सेनाको तर्फबाट Maj Gen VPS Bhakuni तथा नेपालस्थित भारतीय सैनिक सहचारी र अधिकृत लगायत अन्य दर्जाहरुको उपस्थिती रहेको थियो ।

६.    यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नुका साथै यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुगेको छ । साथै यस अभ्यासले नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पु¥याएको छ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश बीच रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।