औपचारिक भ्रमणको सिलसिलामा प्रधानसेनापति मित्रराष्ट्र बंगलादेश तर्फ प्रस्थान

१.    मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख (Chief of Army Staff) General Iqbal Karim Bhuiyan, SBP, Psc को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. आज मिति २०७१ फाल्गुन २५ गते बंगलादेश तर्फ प्रस्थान गर्नु भएको छ ।

२.    प्रधानसेनापति राणालाई बंगलादेश प्रस्थान गर्नुपूर्व बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो भने सैनिक सम्मान स्वरुप सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै सो अवसरमा बिदाईका लागि नेपालका लागि मित्रराष्ट्र बंगलादेशका महामहिम राजदूत, रथीबृन्द तथा बिदेशी नियोगका सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो ।

३.    उक्त भ्रमणदलमा उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी श्री अनुज बहादुर बस्न्यात, नेपाली सैनिक प्रतिष्ठानका कमाण्डाण्ट सहायक रथी श्री शशी चन्द्र बहादुर सिंह र प्रधानसेनापतिका पाश्र्वबती समाबेश रहेका छन् ।

४.    नेपाल र मित्रराष्ट्र बंगलादेशबीच रहंदै आएको सुमधुर सैनिक सम्बन्धको साथै द्धिपक्षिय आपसी सम्बन्धलाई समेत प्रधानसेनापतिको यस भ्रमणले थप मजबुत र प्रगाढ बनाउने बिश्वास नेपाली सेनाले लिएको छ ।

५.    प्रधानसेनापति श्री राणाको अनुपस्थितीमा बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले कायम मुकायम मुकर्रर गरि प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।