प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को बंगलादेश भ्रमण

१.    मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. ले आज मिति २०७१ फाल्गुन २७ गते बंगलादेशका सम्माननीय प्रधानमन्त्री Sheikh Hasina Wajed संग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२.     आजै प्रधानसेनापति श्री राणाले बंगलादेश Armed Forces Division का Principal Staff Officer Lt Gen Abu Belal Muhammad Shafiul संग भेटवार्ता गर्नु भएको छ । यसैगरी प्रधानसेनापति श्री राणाले आजै Dhaka स्थित Defence Services Command and Staff College तथा Chittagaun स्थित Bangladesh Military Academy को समेत भ्रमण गर्नु भएको छ ।

३.    साथै, प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमण पुरा गरी मिति २०७१ फाल्गुन २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।