प्रधानसेनापति मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१.    मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख (Chief of Army Staff) General Iqbal Karim Bhuiyan, SBP, psc को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेश भ्रमणको लागि मिति २०७१ फाल्गुन २५ गते त्यसतर्फ प्रस्थान गर्नु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. बंगलादेशको भ्रमण सम्पन्न गरी आज अपरान्ह स्वदेश फिर्ता हुनु भएको छ । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपालका लागि बंगलादेशका महामहिम राजदुत, नेपाल स्थित विभिन्न राष्ट्रका सैनिक सहचारीहरु लगायत रथीबृन्दहरुको उपस्थिति रहेको थियो । साथै, सो अवसरमा वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

२.    भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मित्रराष्ट्र बंगलादेशका लागि नेपाली राजदुत H.E. Mr Hari Kumar Shrestha संग भेटघाट गर्नु भएको थियो ।

३.    यसैगरी, मिति २०७१ फाल्गुन २६ गते प्रधानसेनापति श्री राणाले Dhaka Cantonment स्थित Shikha Anirban मा Wreath Laying गर्नु भएको थियो भने तत्पश्चात् प्रधानसेनापति श्री राणालाई Senakunja मा बंगलादेश सेनाका Adjutant General Maj Gen Md Mahfuzur Rahman ले स्वागत गर्नु भएको थियो । सोही अवसरमा प्रधानसेनापति श्री राणाको सम्मानमा बंगलादेश सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सोही दिन प्रधानसेनापति श्री राणाले बंगलादेश सेनाका Chief of Army Staff General Iqbal Karim Bhuiyan, SBP, psc, Chief of Air Staff Air Marshal Muhmmad Enamul Bari, ndu, psc र Chief of Naval Staff, Vice Admiral M Farid Habib NBP, ndc, psc संग छुट्टाछुट्टै भेटघाट गर्नु भएको थियो । प्रधानसेनापति श्री राणाले सोही दिन National Defence College (NDC)  को भ्रमण गर्नु भएको थियो भने वहांलाई उक्त College का Commandant Lt Gen Chowdhury Hasan Sarwardy, BB, SBP, ndc, psc ले NDC परिसरमा स्वागत गर्नु भएको थियो । साथै, भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले Bomka Demonstration Area मा 71 Mechanized Brigade द्धारा प्रस्तुत Demonstration अवलोकन गर्नुको अतिरिक्त Savar स्थित National Monument को समेत भ्रमण गर्नु भएको थियो । सोही सांझ प्रधानसेनापति श्री राणाको सम्मानमा बंगलादेशका सेना प्रमुख General Iqbal Karim Bhuiyan, SBP, psc ले रात्रीभोजको आयोजना गर्नु भएको थियो ।

४.    यसैगरी, भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले मिति २०७१ फाल्गुन २७ गते बंगलादेशका सम्माननीय प्रधानमन्त्री Sheikh Hasina Wajed संग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो भने सोही दिन बंगलादेश Armed Forces Division का Principal Staff Officer Lt Gen Abu Belal Muhammad Shafiul संग समेत भेटवार्ता गर्नु भएको थियो । साथै, प्रधानसेनापति श्री राणाले Dhaka स्थित Defence Services Command and Staff College तथा Chittagong स्थित Bangladesh Military Academy को समेत भ्रमण गर्नु भएको थियो ।

५.    यस किसिमको उच्च सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र बंगलादेशी सेना बीच रहंदै आएको पारस्परिक सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर, दरिलो एवं विस्तार गर्न थप टेवा पुग्नुको साथै प्रधानसेनापतिको यस भ्रमणले दुई मुलुकबिच रहेको द्धिपक्षिय आपसी सम्बन्धलाई समेत थप उचाई प्रदान गर्न मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।