सत्य निरुपण तथा मेलमिपाल आयोगको अध्यक्ष तथा प्रधानसेनापति बीच भेटवार्ता

१.    आज मिति २०७१ चैत्र ५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष श्री सुर्य किरण गुरुङ्गले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
२.    उक्त अवसरमा प्रधानसेनापति श्री राणाले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई नेपाली सेनाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साथै विगत १० वर्षे सशस्त्र द्धन्द्ध र नेपाली जनताको शान्ति प्रतिको कामना स्वरुप भएको विस्तृत शान्ति सम्झौताको मुल मर्म र भावनालाई समेत आत्मसात गर्दै उक्त आयोगले आफ्नो कार्य सम्पादन गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
३.    उक्त अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरु श्री लिला उदासी खनाल, श्री श्रीकृष्ण सुवेदी, श्री मञ्चला झा तथा डा. श्री माधवी भट्टको समेत उपस्थिति रहेको थियो ।