“घोडेजात्रा समारोह २०७१” सम्पन्न

१.    आज मिति २०७१ चैत्र ६ गते टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको प्रमुख आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ राष्ट्रिय पर्व “घोडेजात्रा समारोह २०७१” भव्यताका साथ सु–सम्पन्न भयो ।

२.    उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रेस,  शो जम्प, ड्रिल राईड, ग्रुप टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स पिक र क्रिज, भल्टिङ्ग र हर्ष ह्याण्डलिङ्ग, सिक्स बार र रेन फ्रि जम्प, म्युजिकल राइड, डग शो र हंगेरियन पोष्ट, क्रसकन्टीजम्प र फायर जम्प प्रदर्शन गरिएको थियो ।

३.    उक्त समारोहमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूबाट म्यूजिकल राइडमा प्रथम हुनु हुने घोडसवार सह सेनानी ऋषिकेश न्यौपाने र द्धितिय हुनु हुने घोडसवार सह सेनानी पवन विष्ट तथा शो–जम्पमा प्रथम हुनु हुने घोडसवार जमदार जगदीश घिसिङ्ग र द्धितिय हुने हुने घोडसवार सेनानी प्रकाश अर्याललाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

४.    साथै प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले निम्न विधाहरुमा प्रथम र द्धितिय हुनु हुने घोडसवारहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

(क)    पहिलो टाँगन घोडा दौड
(१)    प्रथम – अमल्दार शेषराज खड्का
(२)    द्धितिय – सिपाही सोम बहादुर भुजेल
(ख)    दोस्रो टाँगन घोडा दौड
(१)    प्रथम – सयस हिमध्वज मगर
(२)    द्धितिय – नालबन्दी धर्मवीर थापा

(ग)    नेपाल प्रहरीको चार्जर घोडा दौड
(१)    प्रथम – प्रहरी सहायक निरीक्षक सोम बहादुर भुजेल
(२)    द्धितिय – प्रहरी जवान भिम बहादुर कुंवर
(घ)    नेपाली सेनाको पहिलो चार्जर घोडा दौड
(१)    प्रथम – सिपाही रेवन्त बहादुर बस्नेत
(२)    द्धितिय – सिपाही रामशरण न्यौपाने
(ङ)    नेपाली सेनाको दोस्रो चार्जर घोडा दौड
(१)    प्रथम – सिपाही सञ्जय तामाङ्ग
(२)    द्धितिय – सिपाही हरिचन्द्र दनुवार
(च)    पहिलो स्टेपल चेज
(१)    प्रथम – सिपाही दिनेश भण्डारी
(२)    द्धितिय – प्युठ बल बहादुर खड्का
(छ)    दोश्रो स्टेपल चेज
(१)    प्रथम – सिपाही योग बहादुर बस्नेत
(२)    द्धितिय – सिपाही नवराज लामा
(ज)    साईकल रेस तर्फ
(१)    प्रथम – सिपाही हेमराज के.सी.
(२)    द्धितिय – सिपाही प्रकाश भट्ट
(झ)    सिक्स बार
(१)    प्रथम – सिपाही शारदा के.एम.
(२)    द्धितिय – सिपाही हरि कुमार गुरुङ्ग
(३)    तेश्रो – सिपाही रमा ज्ञवाली

५.    कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, माननीय मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्वप्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु, उल्लेखनिय संख्यामा सञ्चारकर्मी, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।