प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्यार्नी चिन्ह प्रदान

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री शेखर सिंह बस्न्यातलाई आज मिति २०७१ चैत्र ८ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ  ।

२.    साथै, पदोन्नती हुनु भएका उपरथी श्री शेखर सिंह बस्न्यातलाई श्री मध्य पश्चिम पृतना हे.क्वा. मा पदस्थापन गरिएको छ ।