बेबारिसे अवस्थामा रहेको हतियार बरामद

१.    चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्रीजंग गणको चप्परचुली पोष्टबाट मिति २०७१ चैत्र ८ गते खट्टिएको पट्रोल टोलीले कठारा गा.बि.स.३, कण्टेश्वरी सामुदायिक वनमा क्यामोफ्लाईज झोलामा ४ वटा टेपिङ्ग गरेको लोला र करिव १.५ फिट टेपिङ्ग गरेको शंकास्पद वस्तु फेला पारेको छ । उक्त शंकास्पद बस्तु एकिन गर्ने सिलसिलामा महिन्द्रदल गणबाट खट्टिएको बम डिस्पोजल टिमद्धारा क्यामोफ्लाईज झोलामा M16 A1 राईफल (साईलेन्सर सहित) नाल १, सोको म्याग्जिन र ५.५६ मि.मि. बालराउण्ड गोटा ४३ फेला परेको छ ।

२.    उक्त प्रकारको हतियार नेपाली सेनासंग रहेका हात–हतियारहरुको अभिलेखमा नभएको । नेपाली सेनाले M16 A2 प्रकारको हतियार मात्र प्रयोगमा ल्याईरहेको छ ।

३.    साथै, उक्त बेवारिसे अवस्थामा फेला परेको हतियार सम्बन्धमा राष्ट्रिय निकुञ्ज प्रशासनबाट थप अनुसन्धान भईरहेको छ ।