प्रधासेनापतिद्वारा नेपाली सेना कल्याणकारी बोर्डको नवनिर्मित केन्द्रिय कार्यालय भवनको समुद्घाटन

१.    श्री सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समितिको मातहत रहने गरी स्थापना भएको नेपाली सेना कल्याणकारी बोर्डको नवनिर्मित केन्द्रिय कार्यालय भवनको आज मिति २०७१ चैत्र १० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले एक विशेष कार्यक्रमकाबीच लक्ष्मीनिवास परिसर महाराजगंजमा समुद्घाटन गर्नुभयो ।

२.   “हिजो तिमिहरुले देशको सेवा ग¥यौ अव हामी तिमिहरुको सेवा गर्नेछौं” (You served the  Nation Yesterday, Now We will Serve You) लाई आप्mनो आदर्श मान्दै "No Profit No Loss" को अवधारणामा सेवाको लागि आयआर्जन (Earn to Serve) गर्ने अभिप्रायले कल्याणकारी कार्यहरुलाई दिगो, आत्मनिर्भर, परिणाममुखी एवं प्रणालीबद्ध गरी सेवा प्रदान गर्न, सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समितिको मिति २०७० असोज २१ गतेको निर्णय अनुसार “नेपाली सेना कल्याणकारी बोर्ड” को गठन गर्ने निर्णय भए बमोजिम उक्त कार्य संचालन गर्न आवश्यक पर्ने केन्द्रिय कार्यालयको भौतिक संरचनाको रुपमा उक्त भवन निर्माण गरिएको हो । 

३.    उक्त समुद्घाटन कार्यक्रममा श्री कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत एवं नेपाली सेनाका पुर्वरथी श्री चित्र बहादुर गुरुङ्गले स्वागत मन्तब्य राख्नु हुदै कोषको छोटो ईतिहास, बर्तमान अवस्था र आगामी योजनाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । सो क्रममा वहांले राष्ट्रिय महत्वका आयोजनाहरु अन्तरगत पर्ने कृषि, पर्यटन, जलबिद्युत तथा  सेवामुलक उद्योगहरुमा लगानी गर्ने सम्बन्धमा समेत कल्याणकारी बोर्डले अध्ययन गरिरहेको बताउनु भएको थियो । 

४.     सो नवनिर्मित कार्यालय भवन निर्माणले कल्याणकारी बोर्डको नियमित रुपमा गर्नुपर्ने कार्यहरुलाई सम्पादन गर्न सहजता आउनुका साथै कल्याणकारी गतिविधि संचालन गर्न प्रणालीगत र व्यवहारिक सुधारमा समेत सहयोग पुग्न जानेछ । साथै बोर्डको ईपिसेन्टर कार्यालयहरु मार्फत कल्याणकारी गतिविधिहरुमा प्रभावकारीता आई सेवाग्राहीहरुलाई विकेन्द्रीत सेवा उपलव्ध गराउन अझ सहज हुने विश्वास नेपाली सेनाले लिएको छ ।

५.    साथै उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, रक्षा सचिब, वहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, कल्याणकारी बोर्डका सदस्यहरु, नेपाल ईन्भेष्टमेण्ट बैंकका प्रबन्धक, नेपाली सेनाका अधिकृतहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।