प्रधानसेनापति र British Armed Forces का Chief of the Defence Staff General Sir Nicholas Houghton बीच भेटवार्ता

१.    आज मिति २०७१ चैत्र १० गते प्रधानसेनापति महारथी गौरव शम्शेर ज.ब.रा. संग British Armed Forces का Chief of the Defence Staff General Sir Nicholas Houghton GCB CBE ADC Gen ले जंगी अड्डामा भेटवार्ता गर्नु भएको  छ । उक्त अवसरमा प्रधानसेनापति श्री राणा र General Houghton बीच मित्रराष्ट्र बेलायत र नेपालका सेनाहरुबीच रहंदै आएको द्धिपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

२.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणा तथा बेलायती सेनामा नेपालबाट गोरखा सैनिकको रुपमा संलग्न भएको २०० वर्ष पुरा हुन लागेको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रमहरुमा सरिक हुनको लागि नेपालको ६ दिने भ्रमणमा रहनु भएका General Houghton सहित चार सदस्यीय भ्रमण दल आजै काठमाण्डौ आई पुगेकोे हो । वहांलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजका Commandant उपरथी श्री विनोज बस्न्यातले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

३.    आजै General Houghton ले राष्ट्रपति भवनमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवसंग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । उक्त भेटघाट कार्यक्रम पश्चात् आजै सांझ वहांको सम्मानमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. द्धारा जंगी अड्डा परिसरमा रात्रीभोजको समेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।