नेपाल भ्रमणमा रहनु भएका British Armed Forces का Chief of the Defence Staff General Sir Nicholas Houghton स्वदेश फिर्ता 

१. आज मिति २०७१ चैत्र १५ गते British Armed Forces का Chief of the Defence Staff General Sir Nicholas Houghton स्वदेश फिर्ता हुनु भएको छ । सो अवसरमा वहांलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजका Commandant उपरथी श्री विनोज बस्न्यातले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो । 

२. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा मिति २०७१ चैत्र १० गतेबाट नेपाल भ्रमणमा रहनु भएका General Sir Nicholas Houghton बेलायती सेनामा नेपालबाट गोरखा सैनिकको रुपमा संलग्न भएको २०० वर्ष पुरा हुन लागेको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रमहरुमा समेत सरिक हुनु भएको थियो । 

३. भ्रमणको अवसरमा General Sir Nicholas Houghton  ले राष्ट्रपति भवनमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादव, सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशिल कोईराला तथा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग छुट्टाछुट्टै भेटघाट गर्नु भएको थियो । उक्त भेटघाट कार्यक्रममा नेपाल र बेलायतबीच रहंदै आएको द्धिपक्षिय सम्बन्ध तथा आपसी हितका विषयहरुमा छलफल भएको थियो ।  

४. यस किसिमको उच्चस्तरिय भ्रमणले नेपाल र बेलायत बीचको परम्परागत सैनिक सम्बन्धको अलावा दुई देश बीच लामो समयदेखि रहंदै आएको आपसी सम्बन्धलाई समेत अझ मजबुत र प्रगाढ बनाउन थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।