औपचारिक भ्रमणको सिलसिलामा प्रधानसेनापति संयुक्त राष्ट्र संघ मुख्यालय (UN HQ) प्रस्थान

१.    संयुक्त राष्ट्र संघ सचिवालयको निमन्त्रणामा संयुक्त राष्ट्र संघको मुख्यालय (UN HQ), न्यूयोर्कमा मिति २०७१/१२/१२ गतेदेखि संचालन हुने Troops Contributing Countries (TCC) को Chiefs of Defence Conference मा सहभागी हुन प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. मिति २०७१ चैत्र ११ गते राती न्यूयोर्कतर्फ प्रस्थान गर्नु भएको छ ।
 
२.    संयुक्त राष्ट्र संघको महासचिवले २६ सेप्टेम्बर २०१४ मा High Level Summit on Peacekeeping in the margins of the General Assembly मा घोषणा गरे अनुसार TCC को Chiefs of Defence Conference को आयोजना हुन लागेको हो । उक्त Conference मा शान्ति स्थापना गर्ने कार्यमा फौज पठाउने देशका जेष्ठ सेना प्रमुखहरुसंग बिद्यमान शान्ति स्थापना कार्यमा देखिएका चूनौति लगायत अन्य समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया हुने कार्यक्रम रहेको छ ।

३.    प्रधानसेनापति श्री राणाले UN HQ न्यूयोर्कको भ्रमणको दौरानमा UN Secretary-General HE Mr Ban Ki-moon, UN Deputy Secretary-General  HE Mr Jan Eliasson को साथै UN Under Secretary-General Herve Ladsous, Head of the Department of Peacekeeping Operations,   UN Under Secretary- General Mr Atul Khare, Department of Field Support, Lt Gen Maqsood Ahmed, Military Adviser for Peacekeeping Operations संग समेत भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

४.    प्रधानसेनापति श्री राणा नेतृत्वको चार सदस्यीय प्रतिनिधि मण्डललाई न्यूयोर्क प्रस्थान गर्नु पूर्व बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको   थियो । उक्त भ्रमणदलमा रक्षा मन्त्रालयका सह सचिव श्री चेतनाथ भट्टराई, शान्ति सेना संचालन निर्देशनालयका निर्देशक स.र. श्री सुरेश राज थापा र प्रधानसेनापतिका पाश्र्ववती समाबेश रहेका छन् ।

५.    उक्त सम्मेलनमा सहभागी हुनु भई प्रधानसेनापति श्री राणा मिति २०७१ चैत्र २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

६.    प्रधानसेनापति श्री राणाको अनुपस्थितीमा बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले कायम मुकायम मुकर्रर गरि प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।