British Armed Forces का Chief of the Defence Staff General Sir Nicholas Houghton द्धारा “वीर स्मारक” मा माल्र्यापण

१.    प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणा नेपालको ६ दिने भ्रमणमा रहनु भएका British Armed Forces का Chief of the Defence Staff General Sir Nicholas Houghton GCB CBE ADC Gen ले आज मिति २०७१ चैत्र १२ गते सैनिक मञ्च स्थित “वीर स्मारक” मा माल्र्यापण गरि श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

२.    यसैगरी वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

३.    आजै General Houghton  ले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालासंग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।