प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र UN Under-Secretary-General Hervé Ladsous बीच भेटवार्ता

१.    संयुक्त राष्ट्र संघको मुख्यालय (UN HQ), न्यूयोर्कमा संचालन हुने Troops Contributing Countries (TCC) को Chiefs of Defence Conference मा सहभागी हुने सिलसिलामा न्युयोर्क भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. ले मिति २०७१ चैत्र १२ गते Head of the Department of Peacekeeping Operations, UN Under-Secretary-General Hervé Ladsous संग भेटवार्ता गर्नु भएको छ । यसअघि प्रधानसेनापति श्री राणा न्युयोर्क पुग्नु हुंदा मित्रराष्ट्र अमेरिकाका लागि नेपालका सैनिक सहचारी महा सेनानी श्री योगराज शर्माले वहांलाई स्वागत गर्नु भएको थियो ।

२.    उक्त भेटवार्तामा प्रधानसेनापति श्री राणा र UN Under-Secretary-General Hervé Ladsous बीच विश्व शान्ति स्थापना कार्यको लागि नेपाली सेनाको तर्फबाट विभिन्न समयमा Force Commander लगायत UN HQ मा Military Advisor तथा उच्च नियुक्तिको जिम्मेवारीहरु अनवरत रुपमा सम्हाल्दै आएको तथा नेपालले अन्तर्राष्ट्रिय शान्ति मिशनमा सैनिकहरु पठाई विश्व शान्ति स्थापनार्थ पु¥याएको योगदानको विषयमा विशेष छलफल भएको थियो ।

३.    संयुक्त राष्ट्र संघको महासचिवले २६ सेप्टेम्बर २०१४ मा High Level Summit on Peacekeeping in the margins of the General Assembly मा घोषणा गरे अनुसार TCC को Chiefs of Defence Conference को आयोजना हुन लागेको हो । उक्त Conference मा शान्ति स्थापना गर्ने कार्यमा फौज पठाउने देशका जेष्ठ सेना प्रमुखहरुसंग बिद्यमान शान्ति स्थापना कार्यमा देखिएका चूनौति लगायत अन्य समसामयिक बिषयहरुमा छलफल तथा अन्तरक्रिया हुने कार्यक्रम रहेको छ । हाल विश्वका विभिन्न १४ वटा मिशनमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु सहभागी भईरहेका छन् भने नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक पठाई सहयोग गर्ने मुलुकहरु मध्ये छैठौं स्थानमा रहेको छ ।