प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. "Chiefs of Defence Conference" मा सहभागी

१.    संयुक्त राष्ट्र संघको मुख्यालय (UN HQ), न्यूयोर्कमा मिति २०७१÷१२÷१२ गतेदेखि संचालन भएको Troops Contributing Countries (TCC) को "Chiefs of Defence Conference" अन्तर्गत संचालन भएको विभिन्न कार्यक्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सहभागि हुनु भएको छ ।

२.    मिति २०७१ चैत्र १३ गते UN Secretary-General HE Ban Ki-moon ले एक समारोहका बिच "Chiefs of Defence Conference" को औपचारिक कार्यक्रमको UN HQ स्थित Ecosoc Chamber मा शुभारम्भ गर्नु भएको थियो । साथै उक्त सम्मेलनको सिलसिलामा UN Under Secretary-General Mr Herve Ladsous, DPKO,  ले United Nations Peacekeeping Operations in the Current Political, Strategic and Operational Environment बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यसै गरि Under Secretary-General Mr Atul Khare, Department of Field Support, ले Challenges and Opportunities for Mission Support in United Nations Peacekeeping Missions बिषयमा,  Lt Gen Maqsood Ahmed, Military Adviser for Peacekeeping Operations, ले Performance Challenges in the Changed Environment in the United Nations Peacekeeping Operations बिषयमा तथा Mr David Haeri, Director Policy, Evaluations & Training Division, ले Future of United Nations Peacekeeping Operations बिषयमा छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त सम्मेलनको दौरान प्रस्तुतीकरण भएका सम्पुर्ण बिषयहरुमा ग्ल् का सम्बन्धित उच्च पदाधिकारीहरुसंग अन्तरक्रिया तथा छलफल समेत भएको थियो । अन्त्यमा UN Deputy Secretary-General HE Mr Jan Eliasson ले उक्त सम्मेलनको समापन गर्नु भएको थियो ।

३.     त्यसै गरि प्रधानसेनापति महारथी राणाले हिजो सांझ न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको लागि नेपाली स्थायी नियोगको भ्रमण गर्नु भएको थियो ।

४.    यस किसिमको सम्मेलनले सहभागी राष्ट्रहरु बिचको सैनिक तथा कुटनीतिक सम्बन्ध अभिबृद्धि गर्नुको साथै आपसी सहयोग तथा सहकार्यको क्षेत्र विस्तार गर्न र नेपाली सेनाले शान्ति स्थापनार्थ गरेको योग्दानलाई अन्तराष्ट्रिय जगतमा प्रबर्द्धन गर्न मद्दत पुग्ने  विश्वास नेपाली सेनाले लिएको छ । 

५.    विश्व शान्ति स्थापना कार्य नेपालको परराष्ट्र नीतिको एउटा महत्वपुर्ण पाटोको रुपमा रहेको छ । जस अन्तरगत रही नेपालले एकलाख भन्दा बढी शान्ति सैनिक बिश्वका बिभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा पठाउनुका साथै बिभिन्न उच्च नियुक्तिको जिम्मेवारी समेत सफलतापुर्बक सम्हाल्दै आएको तथा विश्व शान्तिको लागि पु¥याउँदै आएको बहु–आयामिक योगदान लगायतका बिषयमा उच्च सैनिक नेतृत्वद्धारा सिधै संयुक्त राष्ट्र संघको मुख्यालयमा असरदार रुपमा कुरा राख्ने अबसर मिलेको हुंदा आगामी दिनमा शान्ति स्थापना कार्यलाई अझ बढी असरदार र प्रभाबकारी ढंगले निभाउनको लागि थप उपलब्धीमुलक हुने बिश्वास समेत नेपाली सेनाले लिएको छ ।