सैनिक श्रीमती संघद्वारा छाउनीस्थित श्री वीरेन्द्र अस्पताललाई विविध सहयोग प्रदान

१. नेपाली सेनाको सैनिक श्रीमती संघको वार्षिकोत्सवको उपलक्ष्यमा उक्त संघले छाउनीस्थित श्री वीरेन्द्र अस्पताललाई संघको आन्तरिक श्रोतबाट विविध सहयोग प्रदान गरेको छ । २. यसै क्रममा प्रसुति कक्ष (Gynaecology Ward) मा रंगरोगन गर्नुका साथै सो कक्षमा रहेका वेडहरुमा प्रयोग गर्नको लागि तन्ना एवम् सिरानीका खोलहरु उपलब्ध गराउनुका साथै शिशु कक्ष (Paediatric Ward) मा समेत रंगरोगन एवम् भित्तामा विभिन्न तस्वीरहरु चित्रण (Wall Painting) गरेको छ । ३. यसैगरि, आज मिति २०६७ कार्तिक १५ गते बिहान सो अस्पतालमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष श्रीमती कमला गुरुङ्गलगायत अन्य पदाधिकारीहरुबाट प्रसुति कक्षमा भर्ना भएका बिरामीहरुलाई पछ्यौरा तथा शिशु कक्षमा भर्ना भएका बालबालिकाहरुलाई मिठाई वितरण गरिएको थियो । ४. सोही कार्यक्रमको दौरान संघका पदाधिकारीहरुले रक्तदानसमेत गर्नु भएको थियो ।