भूतपूर्व सैनिक सम्मेलन मध्यपश्चिमाञ्चल २०७१ सम्पन्न

१.     मध्यपश्चिमाञ्चलका २ वटा सम्मेलन केन्द्रहरुमा संचालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७१ चैत्र २६ गते सुर्खेत र चैत्र २७ गते नेपालगञ्जमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यही चैत्र २४ गतेदेखि चैत्र २६ गतेसम्म सुर्खेतमा र चैत्र २५ गतेदेखि २७ गतेसम्म नेपालगञ्जमा उक्त सम्मेलन भएको हो ।

२.     नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सो सम्मेलन अन्र्तगत सुर्खेत केन्द्रमा मध्यपश्चिमाञ्चल क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्याण र रुकुम जिल्ला समेत १० वटा जिल्लाका ८५७ जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो भने नेपालगञ्ज सम्मेलन केन्द्रमा प्यूठान, रोल्पा, दाङ्ग, बांके र बर्दिया समेत गरी ५ जिल्लाका ११४२ भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेको परिवारजनहरुको उपस्थिति रहेको थियो ।

३.     नेपाली सेना भू.पु. सम्मेलन मध्यपश्चिमाञ्चलको प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले चैत्र २६ गते सुर्खेतमा र चैत्र २७ गते नेपालगञ्जमा एक भव्य समारोहका बीच पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको थियो ।

४.     सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको संयुक्त, सहकार्यमा व्यक्तिगत रुपमा बिभिन्न किसिमका लघु व्यवसाय संचालन गर्न संचालित लघुवित्त आयोजनामा सहभागी हुन मध्यपश्चिमाञ्चलका पूर्व सैनिकहरुलाई वित्तिय प्याकेज अन्तर्गत सुर्खेतमा ५ जनालाई र नेपालगञ्जमा ५ जना समेत गरी १० जनालाई प्रधानसेनापति श्री राणा र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेले चेक हस्तान्तरण गर्नु भएको थियो ।

५.     यसैगरी ती दुवै समारोहहरुमा प्रधानसेनापति महारथी श्री राणाले सुर्खेतमा शारिरिक रुपमा अशक्त ३ जना, नेपालगञ्जमा ४ जना भूतपूर्व सैनिक तथा तीनका परिवार र १ जना प्रहरी जवानका परिवारलाई समेत गरी जम्मा ८ गोटा व्हील चियर प्रदान गर्नु भएको थियो । सम्मेलनकै क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले ती दुवै सम्मेलन केन्द्रमा उपस्थित भूतपूर्व सैनिकहरुसंग अन्तरक्रिया गरी राय सुझाव समेत लिनु भएको थियो ।

६.     प्रधानसेनापति महारथी श्री राणाले भू.पू. सैनिकहरुलाई सम्बोधन गर्नुहुंदै नेपाल एकिकरण अभियानदेखि नै नेपाली सेना राष्ट्रप्रतिको अटुट योगदानको कारण नेपाली समाजमा एक भरपर्दो शक्तिको रुपमा स्थापित भएको बताउनु भयो । यसै गरी वहांले चुनौतिपूर्ण क्षणहरुमा पनि आप्mनो कर्तव्यपथमा अविचलित रही निरन्तर नेपाल र नेपालीको सेवामा खट्टिदै आएको नेपाली सेना अब समयसापेक्ष रुपमा राष्ट्रको उत्थानमा समर्पित हुन आजको आवश्यकता भएको उल्लेख गर्नु भयो । साथै वहांले देश, जनता तथा अन्तराष्ट्रिय समुदायको खातिर प्राप्त जिम्मेवारी तथा कर्तव्यलाई उच्चस्तरबाट निर्वाह गर्ने कार्यमा अहम् भूमिका खेल्ने वहालवाला तथा अवकाश प्राप्त सैनिकहरुको निस्वार्थ सेवाको सदैव उच्च कदर हुनु पर्दछ भन्ने वहांको मान्यता रहेको बताउनु भयो । यसै परिप्रेक्षमा वहांले सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, व्यवसायिक तालिम (Vocational Training) र वैकल्पिक रोजगारीलाई विशेष जोड दिदै भू.पू. सैनिकहरुको आर्थिकस्तर अभिबृद्धिको लागि लघुुवित्त (Microfinance) कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाएको सन्दर्भमा प्रकाश पार्नु  भयो । यसैगरी वहांले सैनिक कल्याणकारी कोषद्धारा संचालित कल्याणकारी कार्यलाई अझ दिगो, आत्मनिर्भर, परिणाममूखि, समयसापेक्ष गतिशिल एवम् प्रभावकारी बनाउंदै "हाम्रो कल्याणकारी कोष, हाम्रै कल्याणको लागि" भन्ने भावनाले मात्रै कल्याणकारी कोषलाई अनन्त कालसम्म निरन्तरता दिन टेवा पुग्ने छ भन्ने आप्mनो विश्वास रहेको समेत उल्लेख गर्नु भयो । यस सम्बन्धमा थप प्रकाश पार्दै वहांले नेपाली सेना कल्याणकारी बोर्डले सु-व्यवस्थित तथा उद्धेश्यमूलक तरिकाबाट देशका कुना काप्चाहरुमा छरिएर रहेका तपाई हामी सबैको जीवनस्तर सुधार गर्नमा अहम् भूमिका खेल्नेमा आफु विश्वस्त भएको बताउंदै यसै सिलसिलामा नेपाल ईन्भेष्टमेण्ट बैंकसंगको सहकार्यमा देशका पांचै विकास क्षेत्रमा लागु गरिएको लघुवित्त(Microfinance) कार्यक्रम एक अनुपम उदाहरण हुन पुगेको उल्लेख गर्नु भयो । यसैगरी वहांले तपाई हामी सबैको रगत पसिनाबाट संकलित पूंजीबाट स्थापना गरिएको ूसैनिक कल्याणकारी कोषू को समयानुकुल परिचालन गरी, आयआर्जन गर्दै कल्याणकारी सेवालाई विकेन्द्रित गराउने उद्धेश्यले देशका सबै विकास क्षेत्रहरुमा नेपाली सेना कल्याणकारी बोर्ड अन्तर्गत रहने गरी इपिसेन्टर कार्यालयहरु स्थापना भई संचालनमा आएको, यस कार्यालयहरुले अवकाश प्राप्त सैनिक एवम् तीनमा आश्रित परिवार लक्षित कल्याणकारी क्रियाकलापहरुलाई विकेन्द्रित रुपमा विस्तार गर्न लघुवित्त कार्यक्रम संचालन गर्न अवकाश प्राप्त सैनिकहरुलाई व्यवसायिक तालिम प्रदान गनेर्, अवकाश प्राप्त सैनिकहरुको तथ्याङ्क संकलन गर्ने, तिनीहरुको आवश्यकता पहिचान गर्ने, नीतिगत योजना कार्यान्वयन गर्ने जस्ता कार्यहरु संचालन गर्ने केन्द्र विन्दुको रुपमा कार्य गर्ने समेत बताउनु भयो ।

७.     त्यसैगरी स्वास्थ्य क्षेत्रमा विशिष्टिकरण गर्दै लैजाने र स्वास्थ्य सेवामा हिताधिकारीहरुको सरल पहुंच बनाउने उद्धेश्यले आगामी दिनहरुमा स्थानिय रुपमा पोलिक्लिनिक, क्षेत्रीय रुपमा घुम्ती अस्पताल स्थापना गर्ने योजना रहेको छ भने वहालवाला तथा अवकाश प्राप्त सैनिकहरु र तीनका आश्रित परिवारहरुलाई सैनिक कल्याणकारी कोषले उपलव्ध गराउंदै आएको निःशुल्क औषधी उपचारको सुविधालाई थप प्रभावकारी एवम् व्यवस्थित गरी सर्वसाधारण नागरिकहरुलाई समेत सःशुल्क गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्धेयले केन्द्रियस्तरमा काठमाण्डौस्थित महांकालस्थानमा त्रिचन्द्र भेट्रान्स तथा सिभिल अस्पतालको निर्माण कार्य तिव्र गतिमा भईरहेको समेत जानकारी गराउनु भयो ।

८.     यसैगरी ती दुवै समारोहमा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत अवकाश प्राप्त रथी श्री चित्र वहादुर गुरुङ्गले कल्याणकारी बोर्डको औचित्य, स्थापनायताका बोर्डको गतिविधि र भावी योजनाका सम्बन्धमा समेत प्रकाश पार्दै स्वागत मन्तव्य दिनु भएको थियो ।

९.     समारोहमा बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले समापन मन्तव्य दिनु हुंदै वहालवाला तथा अवकाश प्राप्त सैनिकहरु दुवैको सहकार्यमा आर्थिक रुपमा सम्भावित समयानुकुल एवम् व्यवहारिक कल्याणकारी कार्यक्रमहरु ल्याउनु आजको आवश्यकता भएको उल्लेख गर्नु हुंदै यसै क्रममा झण्डै डेढ दशक पछि नयां ढंगबाट यस प्रकारको सम्मेलनको आयोजना गरिएको हो । यसले नेपाली सेनाद्धारा संचालित कल्याणकारी गतिविधिहरुलाई सु(सुचित गराई अझ पारदर्शी, प्रभावकारी एवम् सेवामुखी पार्दै लैजाने र यस्ता परिणाममूखि कार्यक्रमहरुले भविष्यमा समेत निरन्तरता पाउने वहांले आशा लिएको बताउनु भयो ।

१०.    यसैगरी सुर्खेतमा भएको सम्मेलनमा भू.पू. सैनिकहरको तर्पmबाट अवकाश प्राप्त उपरथी श्री नरेन्द्र वहादुर रावल र नेपालगञ्जमा भएको सम्मेलनमा अवकाश प्राप्त सहायक रथी डा. श्री भैरव कुमार हमालले कल्याणकारी बोर्डले संचालन गरेका कार्यक्रमहरुले भूतपूर्व सैनिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने विचार व्यक्त गर्नु हुंदै धन्यवाद मन्तव्य दिनु भएको थियो ।

११.    सम्मेलनको मुल समारोहको क्रममा भूतपूर्व सैनिकहरुको एक टोलीले दुवै ठाउंमा मार्च पाष्ट प्रस्तुत गरेका थिए । यसैगरी दुवै सम्मेलन केन्द्रमा सहभागी पूर्व सैनिकहरुले जिल्लागत रुपमा समेत आ(आप्mनो जिल्लाको व्यानर बोकेर मार्च पाष्ट प्रस्तुत गरेका थिए । मार्च पाष्ट पश्चात. स्थानिय संस्कृति झल्कने भेष(भुषासहितको झांकी प्रदर्शन गरिएका थिए । यसैगरी नेपाली सैनिक व्याण्डले दुवै सम्मेलन केन्द्रमा सांगीतिक प्रस्तुत गरेको थियो ।

१२.    उक्त सम्मेलनको क्रममा ३ दिनसम्म संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भू.पू., वहालवाला सैनिक तथा तीनका परिवार समेत गरी सुर्खेतमा १२१२ जना र गैर सैनिक १० जना त्यसैगरी नेपालगञ्ज केन्द्रमा १०१५ जनालाई निःशुल्क स्वास्थ्य परिक्षणको साथै ८ जनाको माईनर अपरेशन र २ जनाको मेजर अपरेशन समेत गरी औषधी वितरण गरिएको थियो ।

१३.    सम्मेलनको मूल समारोह हुनुभन्दा अघिल्लो दिन सुर्खेतमा चैत्र २५ गते र नेपालगञ्जमा चैत्र २६ गते सैनिक कल्याणकारी कोषको वर्तमान अवस्था, हाल कोषमा मौज्दात रकम, खर्च गर्ने प्रक्रिया, आयका श्रोत तथा खर्च हुने शीर्षकहरु, वर्तमानमा संचालित कल्याणकारी कार्यहरु र भावी योजनाबारे जानकारी गराईएको थियो । सोही दिन नेपाली सेनाको विकासक्रम, हालको अवस्था, फौजको संख्या, विभिन्न समयमा सेनाले पु¥याएको योगदान आदिबारे समेत वृत्तचित्र प्रदर्शन गरी जानकारी गराईएको थियो । यसैगरी सोही दिन कल्याणकारी बोर्डको परिचय, यसका कार्यहरु, भावी लक्ष्यहरु तथा कार्यक्रम लगायत लघुवित्त कार्यक्रमको बारेमा सहभागी भूतपूर्व सैनिक तथा तीनका परिवारजनहरुलाई उद्यमशील बन्न प्रेरणप्रद डकुड्रामा समेत प्रदर्शन गरी जानकारी गराईएको थियो । सम्मेलनको दौरानमा केन्द्रियस्तरबाट प्रदान गरिदै आएका विविध सेवाहरु समेत सम्मेलन केन्द्रहरुबाटै उपलव्ध गराईएको थियो । जसअन्तर्गत नयां उपचार पुस्तिका बनाउने तथा पुरानो उपचार पुस्तिका नविकरण गर्ने, भूतपूर्व सैनिक परिचय पत्र वितरण, कानुनी परामर्श सेवा, जेष्ठ सैनिक कल्याणकारी निबृत्तिभरण परिचय पत्र, एकल महिला निबृत्तिभरण परिचय पत्र आदि बनाई उपलव्ध गराईएको थियो ।

१४.    नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको हो । सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समिति अन्तर्गत रहने गरी २०७० असोज २१ गते कल्याणकारी बोर्डको स्थापना भएको थियो ।

१५.    यस किसिमको सम्मेलनले अवकाश प्राप्त सैनिकहरुलाई कल्याणकारी योजना निर्माणमा प्रत्यक्ष सहभागी गराउने र वहांहरुको राय सुझावहरु लिई उपयुक्त रचनात्मक सुझावहरु लागु गर्ने कार्यले प्राथमिकता पाउने तथा समग्र वहालवाला र अवकाश प्राप्त सैनिकको कल्याणको लागि महत्वपूर्ण कदम चाल्न नेपाली सेना सक्षम हुने विश्वास लिईएको छ ।