सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१.       आज मिति २०७१ चैत्र २९ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक समारोहकावीच सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईरालाले सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भयो । सो समारोहमा सम्माननीय प्रधानमन्त्रीको आगमन हुँदा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले हार्दिक स्वागत तथा अभिवादन गर्नुभएको थियो ।

२.       उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईरालाले सि.सं.५३ अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट पवन थापा तथा सि.सं.४३ पदिक÷हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने पदिक÷हुद्धा अधिकृत क्याडेट अर्जुन परियारलाई ूक्धयचम या ज्यलयगचू र स्नातक तहको शैक्षिक अध्ययनतर्फ प्रथम हुने अधिकृत क्याडेट मधुसुदन बस्नेतलाई "एकेडेमिक एक्सिलेन्स अवार्ड" प्रदान गर्नु भएको थियो ।

३.       नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित उक्त तालिममा विदेशी अधिकृत क्याडेटहरु नाईजेरियाबाट २ जना र बंगलादेश एवम् केन्याबाट १÷१ जना सहभागी भएका थिए । पश्चिम अफ्रिकाको सामरिक र आर्थिक शक्ति राष्ट्रको रुपमा रहेको नाईजेरिया, पूर्वी अफ्रिकाको सामरिक र आर्थिक शक्ति राष्ट्रको रुपमा रहेको केन्या र दक्षिण एसियामा अवस्थित मित्रराष्ट्र बंगलादेशजस्ता राष्ट्रहरुको सेनाबाट सहभागी अधिकृत क्याडेटहरु मध्ये उत्कृष्ट अधिकृत क्याडेट हुन सफल भएका बंगलादेशका अधिकृत क्याडेट रेज्भी अहमदलार्ई पुरस्कार स्वरुप खुकुरी प्रदान गर्नु भएको थियो । २४ महिना अवधिको उक्त तालिममा ४ जना महिला, ७९ जना अधिकृत क्याडेट, २५ जना पदिक÷हुद्धा अधिकृत क्याडेट तथा ४ जना विदेशी अधिकृत क्याडेट सहित जम्मा ११२ जना अधिकृत क्याडेटहरु आजबाट सहायक सेनानीको दर्जामा नियुक्त भएका छन् ।

४.       सो अवसरमा नवआयुक्त अधिकृतहरुलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री श्री कोईरालाले देश र जनताको सुरक्षाका लागि अपनाउनु पर्ने आवश्यक ज्ञान, सीप र अभ्यासले निपूर्ण बनेर सफलतापूर्वक तालिम सम्पन्न गरी नेपाली सेनाको योग्य अधिकृत बन्न सफल नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई ज्ञापन गर्नु भएकोे थियो । त्यसैगरी प्रधानमन्त्री श्री कोईरालाले हरेक राष्ट्रको सेनाले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफुलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गर्दै लैजानु पर्ने भन्दै देश र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी प्राप्त सेनाले लोकतन्त्रप्रति प्रतिबद्ध रहंदै आप्mनो कर्तव्य पालनको क्रममा अन्तराष्ट्रिय मानवीय कानून अन्तरगत रही नागरिकको मौलिक हक र मानव अधिकारको रक्षा गर्नुपर्ने तथा राष्ट्रिय विपत्ति र संकटका घडीहरुमा व्यवसायिक ढंगले इमान्दारीपूर्वक परिचालित भई आतंकवादबाट देश र जनतालाई जोगाउन हरसंभव प्रयास गर्नुपर्ने बताउनु भयो ।  

५.       सम्बोधनको क्रममा प्रधानमन्त्री श्री कोईरालाले नेपाली सेनाले देश र देशवासीको सुरक्षामा पु¥याएको बलिदान प्रशंसनीय रहेको उल्लेख गर्नुहुंदै सेनामा भएको व्यवसायिक कार्यकुशलता, इमान्दारी र कर्तव्य परायण जस्ता सद्गुणले संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनाको लागि गहन जिम्मेवारी सुम्पदै आएको र उक्त अवसरबाट सेनाले अन्तराष्ट्रिय क्षेत्रमा शान्ति स्थापना कार्यमा पु¥याएको योगदानबाट सबै नेपालीलाई गौरवान्वित तुल्याउनुको साथै नेपाल र नेपालीको पहिचानलाई विश्वव्यापी गराएको बताउनु भयो । 

६.       सोही अवसरमा प्रधानमन्त्री श्री कोईरालाले नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य ज्ञान सेवा नेतृत्व अनुरुप प्रशिक्षण दिई सेनाको सुयोग्य, कर्मठ, ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरु उत्पादन गर्न योगदान दिने शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्यदर्जाका शिक्षकहरु साथै वौद्धिक ज्ञान अभिबृद्धि गर्दै शैक्षिक अध्यापनतर्पm निरन्तर रुपमा योगदान पु¥याउनु हुने डिन तथा प्राध्यापकहरुलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

७.       सम्बोधनको अन्त्यमा प्रधानमन्त्री श्री कोईरालाले नयां बर्ष २०७२ को उपलक्ष्यमा उक्त समारोहमा उपस्थित समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

८..      सो अवसरमा रक्षा सचिव, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरु र अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।