प्रधानसेनापति र चिनियां सैनिक सहचारी बिच शिष्टाचार भेटवार्ता


१. आज मिति २०७१ चैत्र २४ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग नेपालका लागी नवनियुक्त चिनियां सैनिक सहचारी Senior Col Liu Xiaoguang  ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । यसैगरी सोहि अवसरमा आफ्नो कार्यकाल पुरा गरि स्वदेश फर्कन लाग्नु भएका चिनियां सैनिक सहचारी Senior Col Cheng Xizhong ले बिदाई भेट गर्नुभएको थियो । 

२. उक्त भेटवार्तामा नेपाली सेना र चिनियां सेनावीच लामो समयदेखि रहँदै आएको मैत्रीपुर्ण सम्बन्ध, तालिमको माध्यमद्धारा पेशागत ज्ञानको अभिबृद्धिमा भए गरेका कार्यहरु र उपलब्धीहरुको साथै आपसी सहयोग तथा हितका विषयहरुमा छलफल भएको थियो ।