प्रधानसेनापति स्वदेश फिर्ता 

१. संयुक्त राष्ट्र संघ सचिवालयको निमन्त्रणामा संयुक्त राष्ट्र संघको मुख्यालय (UN HQ), न्यूयोर्कमा मिति २०७१/१२/१२ गतेदेखि संचालन भएको Troops Contributing Countries (TCC) को Chiefs of Defence Conference मा सहभागी हुनु भई प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. हिजो मिति २०७१ चैत्र २२ गते स्वदेश फिर्ता हुनु भएको छ । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदिप विक्रम राणाले स्वागत गर्नु भएको थियो । 
२. भ्रमणको दौरान प्रधानसेनापति श्री राणाले मिति २०७१ चैत्र १२ गते Head of the Department of Peacekeeping Operations (DPKO), UN Under-Secretary-General (USG) Hervé Ladsous संग भेटवार्ताको क्रममा विश्व शान्ति स्थापना कार्यको लागि नेपाली सेनाको तर्फबाट विभिन्न समयमा UN HQ तथा बिभिन्न मिशनहरुमा अनवरत रुपमा सम्हाल्दैं आएको उच्च नियुक्तिका जिम्मेवारीहरु तथा नेपालले अन्तर्राष्ट्रिय शान्ति मिशनमा एक लाख भन्दा बढी संख्यामा सैनिकहरु पठाई विश्व शान्ति स्थापनार्थ पु¥याएको योगदानको विषयमा विशेष छलफल भएको थियो । 
३. UN Secretary-General HE Ban Ki-moon ले मिति २०७१ चैत्र १३ गते एक समारोहका बिच Chiefs of Defence Conference कोUN HQ स्थित ECOSOC Chamber मा औपचारिक रुपमा शुभारम्भ गर्नु भएको थियो । साथै उक्त सम्मेलनको सिलसिलामा UN Under-Secretary-General Hervé Ladsous, DPKO,  ले United Nations Peacekeeping Operations in the Current Political, Strategic and Operational Environment बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यसैगरी, Under Secretary-General Mr Atul Khare, Department of Field Support,  Lt Gen Maqsood Ahmed, Military Adviser for Peacekeeping Operations तथा Mr David Haeri, Director Policy, Evaluation & Training Division ले शान्ति स्थापना सम्बन्धी बिबिध बिषयहरुमा छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त सम्मेलनको दौरान प्रस्तुतीकरण भएका विभिन्न बिषयहरुमा UNका सम्बन्धित उच्च पदाधिकारीहरुसंग अन्तरक्रिया तथा छलफल समेत भएको थियो । २२ राष्ट्रका सेना प्रमुख तथा प्रतिनिधिहरुबाट आ–आफ्नो धारणा राख्ने क्रममा नेपालको तर्फबाट प्रधानसेनापति राणाले ५० बर्ष भन्दा बढी समय देखि शान्ति सेना सहभागीताको अनुभव, बदलीदो तथा चुनौतीपुर्ण मिशन सफल बनाउन तालिमको अपरिहार्यता, Strong Mobile Reserve  को उपयोगिता र Neutrality लाई प्राथमिकतामा राख्दै सबै तहमा समन्वयको आवश्यकता औल्याउनु भएको थियो । अन्त्यमा UN Deputy Secretary-General HE Mr Jan Eliasson ले उक्त सम्मेलनको समापन गर्नु भएको थियो । 
४. संयुक्त राष्ट्र संघको महासचिवले २६ सेप्टेम्बर २०१४ मा High Level Summit on Peacekeeping in the margins of the General Assembly मा घोषणा गरे अनुसार ऐतिहासिक रुपमा पहिलो पटक TCC को Chiefs of Defence Conference को आयोजना भएको थियो । उक्त Conference मा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरुका ६४ जना सेना प्रमुखहरु लगायत १०८ जना उच्च पदस्थ सैनिक अधिकारीहरुको सहभागिता रहेको थियो । 
५. उक्त सम्मेलनको दौरान प्रधानसेनापति श्री राणाले अन्य मित्रराष्ट्रहरु भुटान, भारत, जापान, मलेसिया, मंगोलिया, नेदरल्याण्ड र न्युजिल्याण्डका सेना प्रमुखहरुसंग भेटवार्ता गर्नुका साथै बंगलादेश, पाकिस्तान, संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रियाका प्रतिनिधिहरुसंग समेत भेटघाट गर्नु भएको थियो । 
६. यस सम्मेलनमा विश्व शान्तिको लागि सहभागी राष्ट्रहरुले पु¥याउँदै आएको बहु–आयामिक योगदान, विश्व शान्ति स्थापनामा देखिएका चुनौति तथा सुझावहरु, भावी नीति तथा कार्यक्रमहरु लगायतका बिषयहरुमा उच्च सैनिक नेतृत्वद्धारा प्रत्यक्ष रुपमा संयुक्त राष्ट्र संघको मुख्यालयमा बहुपक्षिय रुपमा अन्तरक्रिया तथा छलफलहरु भएको थियो । साथै, आगामी दिनहरुमा समेत यस किसिमको सम्मेलनको निरन्तरता हुनु पर्नेमा जोड दिईएको थियो भने शान्ति स्थापना कार्यलाई अझ बढी असरदार र प्रभाबकारी ढंगले निभाउनको लागि यो सम्मेलन उपलब्धीमुलक भएको छ । 
७. नेपाली सेनाले संयुक्त राष्ट्रसंघको छाता मूनि अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पु¥याएको अतुलनीय योगदानले नेपालको परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्नुका साथै नेपाल र नेपालको छबिलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन मद्दत पुगेको छ । प्रधानसेनापतिको यस भ्रमणबाट नेपाली सेनाको अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व प्रतिको प्रतिवद्धतालाई संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त बनाउन थप मद्दत पुग्नुका साथै अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई अझ बढी असरदार बनाउन नेपालको तर्फबाट आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्न महत्वपूर्ण अवसर उपलब्ध हुनुको साथै यसबाट आगामी दिनहरुमा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।