प्रधानसेनापतिद्वारा पूर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण 

१. मिति २०७२ बैशाख २ गतेदेखि पूर्वी पृतना अन्तरगत युनिटहरुको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०७२ बैशाख ३ गते श्री सैनिक श्रीमती संघको आयोजनामा ईटहरीमा संचालन भएको स्वास्थ्य शिविरको शुभारम्भ गर्नु भएको छ भने सैनिक श्रीमती संघको आयोजनामा संचालन भएको सीपमुलक तालिमको समुद्घाटन गर्नु भएको छ । निरीक्षणको अवसरमा उक्त पृतना हाताभित्र रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरु गरी ४० जनाले रक्तदान गरेका थिए । 
२. यसैगरी, आजै प्रधानसेनापति श्री राणाले मोरङ्गको थलाहामा नेपाली सैनिक कल्याणकारी बोर्डद्वारा भु.पु.सैनिक हिताधिकारीहरुलाई घरदैलोमा कल्याणकारी गतिबिधि पु¥याउने हेतुले बिकेन्द्रित गर्दै लैजाने उद्देश्यसाथ नवनिर्मित ईपि सेन्टरको समुद्घाटन गर्नु भएको छ । साथै प्रधानसेनापति श्री राणाले उक्त स्थानमा निर्मित तालिम भवन तथा अतिथि भवनको समेत समुद्घाटन गर्नु भएको छ । उक्त ईपि सेन्टरको प्रधानसेनापति महारथी श्री राणाद्वारा मिति २०७१ जेष्ठ ८ गते शिलान्यास गर्नु भएको थियो ।    
३. साथै, प्रधानसेनापति श्री राणा उक्त निरीक्षण कार्यक्रम सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।