प्रभावित क्षेत्रमा थप प्रकोप नियन्त्रणको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा थप मेडिकल टिम परिचालन 

१. नेपाली सेनाको एम.आई. १७ हेलिकप्टरद्वारा जाजरकोट जिल्लाको प्रभावित क्षेत्रहरुमा थप प्रकोप नियन्त्रण तथा ब्यबस्थापनको लागि श्री गृह मन्त्रालय, नेपाली सेना र स्वास्थ्य सेवा विभाग, ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा आज मिति २०७२ बैशाख ७ गते नेपाली सेनाको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम अर्छानी गा.वि.स., नेपाल जनपद प्रहरीको डा.अधिकृत सहितको ६ जनाको मेडिकल टिम पैक गा.वि.स., सशस्त्र प्रहरीको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम कोरत्राङ्ग गा.वि.स. तथा जाजरकोट जिल्ला सदरमुकामबाट सिभिल डा. सहित ६ जनाको मेडिकल टिम टालेगाउं गा.वि.स. मा परिचालन भएको छ । 

२. जाजरकोट जिल्लाको बिभिन्न गा.वि.स. हरुमा २०७१ चैत्र १८ गतेबाट पैmलिएको मौसमी रुघाखोकी र स्वाईन प्लु नियन्त्रणको लागि शुरुमा नेपाली सेनाको डा. अधिकृत सहितको ९ जनाको टोली मिति २०७१ बैशाख १ गते टालेगांउ गा.वि.स. मा खट्टिएको थियो । 

३. नेपाली सेनाले मानवीय सहायताको रुपमा प्रकोप नियन्त्रणको निमित्त सक्रिय भूमिका निर्वाह गरी उपलव्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्दै प्रकोप नियन्त्रणको कार्यलाई न्यूनिकरण गर्न खट्टिई सदा हरसंभव प्रयत्न गरिरहेको एवम् आगामी दिनहरुमा समेत यस किसिमको प्रकोप पैmलिएमा नेपाली सेना तुरुन्त परिचालन भई प्रकोप नियन्त्रण कार्यमा संलग्न रहनेमा बिश्वास दिलाउन प्रतिबद्ध छ ।